होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • देशका अधिकांश भागमा वर्षा, हिमाली भेगमा हिमपात
Breaking News

देशका अधिकांश भागमा वर्षा, हिमाली भेगमा हिमपात

  • नागरिक रैबार
[sharethis-inline-buttons]
देशका अधिकांश भागमा वर्षा, हिमाली भेगमा हिमपात

काठमाडौं, ३ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडाैं उपत्यका सहित देशका अधिकांश भागमा वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार काठमाडौं उपत्यका सहित पश्चिमी, मध्य र पूर्वी पहाडी भू–भागमा सामान्यदेखि पूर्णतया बदलीका साथ बर्षा भएको हो ।

महाशाखाले आगामी तीन दिनसम्म सामान्य वर्षा, उच्च हिमाली भेगमा हिमपात हुने जनाएको छ । देशका धेरैजसो भूभागमा बिहीबार साँझदेखि नै सुरु भएको वर्षा रोकिएको छैन ।

वर्षाका कारण चिसो बढेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ । वर्षा र हिमपातका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रका जनजीवन प्रभावित बनेको छ ।

कर्णाली प्रदेशमा यो बर्ष सातौंपटक हिमपात भएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका स्थानीयको दैनिकी निकै कष्टकर बनेको छ ।

हिमपात र वर्षाले कठ्याग्रिने चिसो बढेको छ । लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात दुई दिनदेखि ठप्प छ । खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्याग्रस्त बनेको छ ।

हिमपातका कारण पानीको धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युतका पोल भाँचिने तथा तार चँुडिने समस्या बढेको स्थानीयले बताएका छन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • १८ घन्टा अगाडि

भर्खरै