होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • नयाँ युवा नयाँ सोच, नेपालको बाजुरा जिल्ला इकाइ गठन
बाजुरा बिशेष

नयाँ युवा नयाँ सोच, नेपालको बाजुरा जिल्ला इकाइ गठन

  • नागरिक रैबार
नयाँ युवा नयाँ सोच, नेपालको बाजुरा जिल्ला इकाइ गठन

बाजुरा। परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र भन्ने नाराका साथ २०७४ सालमा स्थापीत गैरलाभकारी तथा गैर राजनैतीक युवा संस्था नयाँ युवा नयाँ सोच, नेपालको सुदुरपश्चिम प्रदेशको छैटौँ जिल्ला इकाइको रुपमा बाजुरा जिल्लामा समेत इकाइ गठन भएको छ।

केशव बोहोराको अध्यक्षतामा गठन भएको उक्त इकाइमा ११ जना को कार्यसमिति र १४ जना बाँकी साधारण सदस्यहरु सहित हालको लागि २५ सदसिय समिति रहेका र आउने दिनहरुमा कार्यक्रम हरु गर्दै नयाँ सदस्यहरु थपिने बोहोराले बताएका छन्।

बाजुरामा गठन भएको यस इकाइले नयाँ युवा नयाँ सोच नेपाल जिल्ला इकाई बाजुराले केन्द्रीय कार्यक्रम जस्तै नमुना युवा संसद (संसदीय वहस) को बारेमा विवेचना र कार्यक्रम, (स्थानीय प्रदेश र संघ सरकार) सँग समन्वय गरेर थोरैलाई भएपनि युवा स्वरोजगारका कामहरू, वातावरण संरक्षण सँग प्रत्यक्ष जोडिएको (वृक्षरोपण र सरसफाई) का कामहरू त्यसैगरी खेलकुद क्षेत्रको विकासको लागि खेलकुद गतिविधिलाई अगाडि बढाउदै समाज परिवर्तनको एक सम्वाहकको रूपमा चिनाउने प्रयास गरिने अध्यक्ष बाेहराले बताए ।

विज्ञापन

देशका विभिन्न जिल्लाहरुमा इकाइ रहेको यस जिल्लाको सुदुरपश्चिममा मात्रै हालसम्म कैलाली, डोटि, अछाम, दार्चुला था वैतडि मा इकाइ गठन भैसकेको छ भने अन्य जिल्लाहरुमा इकाइ गठनको तयारिमा रहेको जनाएको छ ।

यस संस्थाले स्थापना काल देखि नै युवा, महिला तथा बालबालिका लाइ लक्षित गरि विभिन्न शैक्षिक, खेलकुद, वातावरण तथा सामाजिक न्यायीक क्षेत्रमा कार्यक्रम त्यस्तै कोरोना माहाव्याधीले आफ्ना पुर्वनिर्धारित नियमित कार्यक्रम हरु पछाडि धकेलिए पनि संस्थाले आफ्नो सकृयता नियमित राख्दै अहिले पनि निरन्तर रुपमा भर्चुअल माध्यम बाट विभिन्न जनप्रतिनिधि , समाजसेवी , व्यवसायी, स्वास्थ्यकर्मी लगायत सँग प्रत्यक्ष अन्तर्वार्ता कार्यक्रमहरु प्रशारण गरिरहेको छ भने मनोरञ्जनका निम्ति हाजिरिजवाफ, साहित्यिक कार्यक्रम ,संगितिक बसाई ,साथै कानुनी साक्षरताको कार्यक्रम समेत चलाइरहेको छ साथै भर्चुअल माध्यम बाटै राष्ट्रव्यापी रुपमा वक्तृत्वकला, साहित्यकला, चित्रकला लगायतका प्रतियोगिताहरु पनि गरिरहेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार