होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • लकडाउन अवधिभर बाजुरामा १७५ जना प्रहरीको नियन्त्रणमा
Breaking News

लकडाउन अवधिभर बाजुरामा १७५ जना प्रहरीको नियन्त्रणमा

  • नागरिक रैबार
लकडाउन अवधिभर बाजुरामा १७५ जना प्रहरीको नियन्त्रणमा

नागरिक रैबार/बाजुरा ७ बैशाख। जिल्ला प्रहरी कार्यालय बाजुराले लडकडाउनको अवधिभर बाजुरामा १७५ जनालाई नियन्त्रणमा लिएको छ ।

सरकारले जारी गरेको लकडाउनको निर्णय विपरित बजारमा जथाभावी रुपमा हिडिँरहेका सदरमुकाम मार्तडी, कोल्टी लगायतका बजारहरूबाट १ सय ७५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुरालका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताएका छन् ।

लकडाउनको उलङघन गर्नेमा  १७ जना महिला रहेका छन् भने १ सय ५७ जना पूरुष रहेका छन् । उनीहरु अधिकाँस युवा र वृद्ध रहेका छन् ।

विज्ञापन

नियन्त्रणमा लिइएकाहरु सवैलाई नियन्त्रणमा लिएको ४ घण्टा पछि सम्झाई– बुझाई घर पठाएकोे प्रहरी प्रमुख भट्टराइले बताएका छन् । बताए ।

साथै प्रहरीले लकडाउनको मौका छोपेर आवत जावत गर्ने विभिन्न सवारी साधनबाट १० हजार ५ सय राजस्व संकलन गरेको छ । साथै ५ हजार ७ सय ९१ लिटर अवैध मदिरा समेत बरामत गरेको छ । बाजुरामा लकडाउनको पूर्ण पालना गराउनका लागि प्रहरीले आफ्नो सक्रियता बढाउँदै गएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार