होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • प्रभाषमाथि ७ सय करोडको लगानी
मनोरञ्जन

प्रभाषमाथि ७ सय करोडको लगानी

  • नागरिक रैबार
प्रभाषमाथि ७ सय करोडको लगानी

चलचित्र ‘बाहुबली र बाहुबली २’ भारतीय बक्स अफिसमा ब्लकबस्टर भएपछि चर्चामा आएका नायक प्रभाषमाथि अहिले निर्माताहरुले पैसा खन्याइरहेका छन् । प्रभाषको विश्व बजारमै देखिएको लोकप्रियतालाई देखेर उनीमाथि लगानी गर्नेहरु उत्साहित छन् ।

प्रभाष लगातार ४ वटा बीग बजेटका चलचित्रमा काम गर्दैछन् । उनी ‘केजीएफ’ जस्तो सफल चलचित्रको निर्माण कम्पनी हम्बेल फिल्मस्को ब्यानरमा ‘सलार’ नामक चलचित्रमा काम गर्दैछन् । यो चलचित्रको घोषणा केही दिन अगाडि मात्र भएको थियो ।

 

विज्ञापन

उनै, प्रभाषमाथि ७ सय करोडको लगानी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रभाष ‘राधे श्याम’मा काम गरिरहेका छन्, जसमा नायिका पूजा हेग्डेले उनको जोडीको रुपमा काम गर्दैछिन् ।

यस्तै, प्रभाष चलचित्र ‘आधीपुरुष’मा पनि काम गर्दैछन् । यो चलचित्रमा कृती सेनन, सैफअली खान जस्ता कलाकारको मुख्य भूमिका छ ।

यस्तै, नायक अमिताभ बच्चन र नायिका दीपिका पादुकोणसँग नायक प्रभाषको नयाँ चलचित्र घोषणा भैसकेको छ । ४ वटा विग बजेटका चलचित्रमा प्रभाषमाथि ७ सय करोडको लगानी हुने भारतीय मिडियाले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार