होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • चोरी भएको ४ घण्टामै मोटरसाइकलसहित चोर पक्राउ
देश/प्रदेश

चोरी भएको ४ घण्टामै मोटरसाइकलसहित चोर पक्राउ

  • नागरिक रैबार
चोरी भएको ४ घण्टामै मोटरसाइकलसहित चोर पक्राउ

कैलाली । प्रहरीले चोरी भएको चार घण्टामै मोटरसाइकलसहित चोरलाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानी बस्ने वर्ष १६ का अर्जुन विष्टलाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

सोमबार दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१, मालपोत कार्यालय अगाडि पार्किङ्ग गरेको से३प ३७४ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएको जानकारी प्राप्त हुनासाथ खोजतलासमा जुटेको प्रहरीले विस्टलाई उक्त मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका नि. प्रवक्ता एवं प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले रातोपाटीलाई जानकारी दिए ।

विज्ञापन

उनका अनुसार करिब ५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट पहलमानपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाइकलसहित विस्टलाई नियन्त्रणमा लिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार