होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • लडेर घाईते भएका बालकको हेलिकप्टर मार्फत उद्धार
Breaking News

लडेर घाईते भएका बालकको हेलिकप्टर मार्फत उद्धार

  • नागरिक रैबार
लडेर घाईते भएका बालकको हेलिकप्टर मार्फत उद्धार

नागरिक रैबार/बाजुरा ३ बैशाख। घरको आगनमा खेलीरहेका बेला लडेर गम्भिर घाईते भएका एक बालकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । मंगलबार जिल्लाको बुढीनन्दा नगरपालिका–७ कालेगडाका महेश कार्कीका ५ वर्षिया छोरा खगेन्द्र कार्की घरको आँगनमा खेलीरहेको बेला लडेर गम्भिर घाइते भएका थिए ।

घाईते भएका बालकको एकदिनपछि कोल्टीबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी नेपालगंज लगिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।

घाइते बालकको अवस्था चिन्ता जनक रहेकाले प्रमुख जिल्ला अधिकारी न्यौपानेको समन्वय तथा नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगंज लगिएको हो ।

विज्ञापन

घाईते भएका बालकको टाउको र शरिरमा गम्भिर चोट लागेको थियो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बालकको उपचार सम्भव नभएपछि घाईते बालकलाई थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगंज लगिएको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार