होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पर्दामा छाउँदै अर्की रेखा
मनोरञ्जन

पर्दामा छाउँदै अर्की रेखा

  • नागरिक रैबार
पर्दामा छाउँदै अर्की रेखा

काठमाडौं : मानव जीवन एकपटक यस्तो उमेरबाट गुज्रिन्छ, जतिबेला प्रायः मा हिरो वा हिरोइन बन्ने चाह हुन्छ। यस्तै चाह मस्त जवानीमा रेखा घिमिरेलाई पनि भयो। र, रखाले चे चाहलाई यथार्थमा परिरणत गर्ने अवसर पनि पाइन्।

सानै उमेरमा ब्युटी पार्लर व्यवसायमा सक्रिय रेखाको चलचित्रको पर्दामा देखिने चाह साकार बनाउने क्रममा उनले ब्याड ब्वाइ, चन्द्रावती, बिन्दास आदि चलचित्र अभिनय गरिन्। केही भोजपुरी चलचित्रमा समेत दह्रो उपस्थिति जनाइन्। त्यसपछि अभिनेत्री रेखा हुन उनलाई खासै समय लागेन। आफ्नै सौन्दर्यकलाको व्यवसाय सम्हाल्नु र कलामोह पनि पूरा गर्नु कठिन थियो। तर पनि उनी सुटिङमा बढी समय दिन्थिन्।

अभिनेत्री रेखा यसै साता आफ्नै आई पोडक्सनद्वारा सार्वजनिक भिडियो ‘मेरो जिन्दगी’ मार्फत फेरि चर्चामा आएकी छन्। भिडियो वास्तविक घटनामा आधारित छ। त्यसो त उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि मोडलिङ गरिसकेकी छन्। उनको प्रोडक्सन हाउसमा चलचित्र छायांकनका लागि आवश्यक सम्पूर्ण उपकरण छन्।

विज्ञापन

रोश ब्युटी एन्ड स्पा सेन्टर सञ्चालन गर्दै आएकी रेखा सौन्दर्यविज्ञ पनि हुन्। भन्छिन्, ‘बीचमा घर–परिवार र व्यवसायले गर्दा कलाकारितालाई समय दिन सकिनँ। अब भने सक्रिय रूपले लाग्छु।’सकारात्मक सोचमा सुन्दरता र व्यक्तित्व लुकेको दाबी गर्ने रेखा बाहिरी सुन्दरतालाई केवल आकर्षण मात्र बताउँछिन्। ‘मन सफा र सहयोगी भावना छ भने त्यो नै सबैभन्दा ठूलो सुन्दरता हो’, उनी भन्छिन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार