होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • ओसाका यूएस ओपन टेनिसको फाइनलमा
पत्रपत्रिका

ओसाका यूएस ओपन टेनिसको फाइनलमा

  • नागरिक रैबार
ओसाका यूएस ओपन टेनिसको फाइनलमा

न्युयोर्क : जापानकी चौथो वरीयताकी नाओमी ओसाका र बेलारुसकी भिक्टोरिया अजारेन्का अमेरिकन (यूएस) ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। न्युयोर्कमा शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा ओसाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई र अजारेन्काले पनि अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

सन् २०१८ की विजेता ओसाकाले ब्राडीलाई ७–६ (७–१), ३–६, ६–३ को सेटमा पाखा लगाइन्। ओसाका यूएस ओपन टेनिसको उपाधि जित्ने अभियानमा छिन्। दुई साताअघि सिनसिनाटी ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा खुट्टामा चोट लागेपछि ओसाकाले यूएस ओपन खेल्नेमा आशंका गरिए पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन्। सिनसिनाटी ओपनको सेमिफाइनलमा बेलायती टेनिस स्टार जोहाना कोन्टासँग प्रतिस्पर्धा गर्दा चोट लागेपछि उनले फाइनल खेल त्यागेकी थिइन्।

ओसाकाले चोटका कारण नाम फिर्ता लिएपछि अजारेन्काले उपाधि जितेकी थिइन्। ओसाका सिनसिनाटीको बदला यूएस ओपनमा लिने अभियानमा छिन्। २२ वर्षीया ओसाकाले फाइनलमा पुरानै प्रतिद्वन्द्वी परेकाले पनि थप उत्साहित भएको बताएकी छन्। ओसाकाले क्वार्टरफाइनलमा अमेरिकी खेलाडी सेल्बी रोजर्सलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी थिइन्।

विज्ञापन

शुक्रबार बिहानै भएको अर्को सेमिफाइनल खेलमा अजारेन्काले तेस्रो वरीयताकी अमेरिकी भेट्रान्स खेलाडी सेरेना विलियम्सलाई १–६, ६–३, ६–३ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेकी हुन्। पहिलो सेट जितेकी सेरेनाले दोस्रो सेटपछि लय गुमाएकी थिइन्।

यस हारसँगै ३८ वर्षीया सेरेनाको कीर्तिमानी २४औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा पनि नराम्रो धक्का लागेको छ। उनी यूएस ओपनको उपाधि जित्दै मार्गरेट कोर्टको कीर्तिमानसँग बराबरी गर्ने अभियानमा थिइन्। ६ पटककी च्याम्पियन सेरेनाले पछिल्लोपटक सन् २०१४ मा यूएस ओपन टेनिसको उपाधि जितेकी थिइन्।

अजरेन्काले यसअघि सन् २०१२ र २०१३ को यूएस ओपन टेनिसको फाइनलमा स्थान बनाएकी थिइन्। उनी दुवैपटक फाइनलमा सेरेनासँग नै पराजित भएकी थिइन्। अजारेन्का र सेरेनाले ठूला प्रतियोगितामा सदैव प्रतिस्पर्धा गर्दै आएका छन्।

सन् २०१५ को विम्बल्डन टेनिसको क्वार्टरफाइनलपछि उनीहरू पहिलोपटक आमनेसामने भएका थिए। सेरेना र अजारेन्का निकै मिल्ने साथी हुन्। दुवै मातृ वात्सल्यमा रमाइरहेका छन्। सेरेना छोरी ओलम्पियालाई लिएरै मैदानमा पुगिरहेकी हुन्छिन् भने अजारेन्काले पनि छोरालाई जेल जानबाट बचाउन लामो लडाइँ लडेकी थिइन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार