होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
स्वास्थ्य-जीवनशैली

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

  • नागरिक रैबार
कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ। सोमबार थप २० जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय १४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ।

यस्तै सोमबार एकैदिन १६ सय २८ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख २७ हजार ४३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४ प्रतिशत हो।

विज्ञापन

देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ९४८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ। सोमबार मात्र कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ।

यस्तै अहिले ५२७ जना क्वारेन्टिन र १२ सय ९४८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। सोमबार ६ हजार २२० स्वाब नमूना परीक्षण गराउँदा १ हजार १४ जनामा संकरमण देखिएको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै