होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • आइसीयूमा रहेका मनोजलाई मिनाको मनछुने पत्र
मनोरञ्जन

आइसीयूमा रहेका मनोजलाई मिनाको मनछुने पत्र

  • नागरिक रैबार
आइसीयूमा रहेका मनोजलाई मिनाको मनछुने पत्र

हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकालको केही समय अगाडि डिभोर्स भयो । मनोज र मिनाको बैबाहिक जीवन टुट्दा धेरै अचम्मित पनि भए । तर, दुबैले अलग हुने बाटो रोजे र आफ्नै दुनियाँलाई अगाडि बढाइरहेका थिए । डिभोर्सको समयमा मिना र मनोजले मिडियासँग कुरा गर्दै कहिले घरयासी कुरा गरे त कहिले व्यक्तिगत कुरा पनि गरे ।

मनोज गजुरेल कोरोना भाइरसबाट संक्रमित भएपछि घरमै उपचार गराइरहेका थिए । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि शुक्रबार उनलाई अस्पताल लगियो ।

 

विज्ञापन

अस्पतालमा उनको आइसीयूमा उपचार गराइरहँदा मिनाले लेखेको भावूक पत्रले भने सबैको मन छोएको छ ।

पूर्व श्रीमान्लाई स्वास्थ्य लाभको कामना गर्दै मिना लेख्छिन्–‘जिन्दगीले जुनसुकै मोडल अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नो जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौं र म परम्परा अनुसार तिम्रो सिन्दुरको ऋणी भएकी थिएँ । तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग जीवनका बिसौं बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै भएरपनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो विचमा दुरी ल्यायो होला, फेरिपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आइसियूमा उपचाररत छौं भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महशुश भइरहेको छ ।’

मिनाले मनोजको सुस्वास्थ्यको कामना गर्दै आफ्नो पुकार भगवानले सुन्ने उल्लेख गरेकी छिन् ।

उनले, मनोजलाई भनेकी छिन्–‘तिमी छिट्टै हार मान्ने मान्छे होइनौं । मैले विसौ तीजका निराहार ब्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायूको कामना गर्न छाडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन् । तिमी र म विच जस्तासुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जीवन मेरालागि महत्वपूर्ण छ, हार नमानिदेउ । छिट्टै निको भएर घर पुगेको देख्न पाउँ ।’
यस्तै, कलाकार मनोज गजुरेलले सामाजिक संजालमा स्टाटस लेख्दै आफू आराम रहेको र दैनिक रुपमा राम्रो हुँदै गएको उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार