होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो’
समाचार

‘अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो’

  • नागरिक रैबार
‘अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो’

२२ कात्तिक, काठमाडौं । अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो महसुस भएको छ । आज काठमाडौं उपत्यकामा यो वर्षको जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको छ । पोहोर साल यही समयको तुलनामा आज कम तापक्रम मापन भएको मौसमविद प्रतिभा मानन्धरले बताइन् ।

‘पोहोर साल नोभेम्बर महिनाको पहिलो हप्ताको तुलनामा अहिलेको तापक्रम एक–दुई डिग्री कम हो,’ मौसमविद मानन्धरले अनलाइनखबरसँग भनिन् । उनले अब दिनहुँ तापक्रम घट्दै जाने र जाडो बढ्ने बताइन् ।

विज्ञापन

हाल दिउँसो घाम लाग्ने गरे पनि बिहान र साँझ चिसो महसुस हुने गरेको छ । काठमाडौं उपत्यकामा बिहानपख कुहिरो लाग्न थालेको छ । अब हुस्सु पनि बढ्दै जाने अनुमान छ ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसपछि सबैभन्दा कम डडेलधुराको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार