होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डले ओलीलाई भने, ‘तपाईको राजीनामा कसैले मागेको छैन’
समाचार

प्रचण्डले ओलीलाई भने, ‘तपाईको राजीनामा कसैले मागेको छैन’

  • नागरिक रैबार
प्रचण्डले ओलीलाई भने, ‘तपाईको राजीनामा कसैले मागेको छैन’
फायल तस्विर

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रदेश १ का आफूनिकट नेताकार्यकर्तासंग भर्चुअल बैठकप्रति कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन् ।

ओलीसंग बिहिबार बालुवाटारमा भएको भेटमा उनले गुटगत भेलामा ‘जनताको बहुदलिय जनवादको पक्षमा माहोल बनाउन’ दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार उनले ओलीलाई ‘हिजोको भेलामा जबजको पक्षमा माहोल बनाउन भन्नुभएछ । यो घोर आपत्तिजनक र पार्टी एकताबिरोधी छ’ भनेका छन् ।

विज्ञापन

प्रधानमन्त्री ओलीले राजीनामा दिन्न भनेर दिएको अभिव्यक्तिप्रति पनि प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । ‘तपाईको राजीनामा कसैले मागेको छैन । किन यस्तो भन्दै हिड्नुहुन्छ ?’ प्रचण्डले भनेका थिए । ओलीले आफूलाई घेराबन्दी गरिएकोभन्दै पार्टी एकता जोगाउन आफूलाई सहयोग गर्न आग्रह गरेको बालुवाटार स्रोतले बतायो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार