होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रचण्डले समय मागेपछि ओलीसँगको वार्ता स्थगित 
देश/प्रदेश

प्रचण्डले समय मागेपछि ओलीसँगको वार्ता स्थगित 

  • नागरिक रैबार
प्रचण्डले समय मागेपछि ओलीसँगको वार्ता स्थगित 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले समय माग गरेपछि आजको वार्ता स्थगित भएको छ ।साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बस्ने भनिएको वार्ता अघि आफूले वरिष्ठ नेता माधवकुमार नेपालसहितसँग छलफल गरेपछि मात्रै आउने जनाएपछि बैठक स्थगित भएको हो ।

‘आफनो समूहमा छलफल गरेपछि मात्रै आउने भनेर प्रचण्डजीको सन्देश आएको छ, सो सन्देशका कारण आज साँझ ५ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ,’ बालुवाटार स्रोतले भन्यो ।उनका अनुसार नेपालसँग विश्वास लिएर आउने प्रतिबद्धता प्रचण्डले वालुवाटारमा दिएका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साथमा राखेर ओली–प्रचण्डबीच तीन पटक बैठक बसेको थियो ।मंगलबार साँझ पनि बालुवाटारमा बैठकपछि ओली–प्रचण्डबीच आज साँझ ५ बजे छलफल गर्ने भन्दै छुट्टिएका थिए । तर, अपरान्ह प्रचण्डले आफनो समूहमा कुराकानी गरेर मात्रै बैठकमा आउने जनाएपछि बैठक स्थगित हुन पुगेको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार