होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुल्मीमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन
समाचार

गुल्मीमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

  • नागरिक रैबार
गुल्मीमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

१९ मंसिर, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन तीब्र पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय र विभिन्न स्थानीय तहमा शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन अगाडि बढाइएको छ । १२ वटा स्थानीय तहमध्ये गुल्मीदरवार र धुर्कोट गाउँपालिकामा विवरण दर्ता संकलन सकिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

 

विज्ञापन

गुल्मीदरवारमा ११ हजार ९०५ र धुर्कोटमा १० हजार ७७० जनाको विवरण संकलन गरिएको प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका र मदाने गाउँपालिकामा दर्ता संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हाल यो काममा ६० जना खटिएका छन् ।

राष्ट्रिय परिचयपत्र प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचानसहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

यसमा व्यक्तिको नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान–श्रीमतीको नाम, स्थायी–अस्थायी ठेगाना आदि समावेश हुन्छन् । त्यस्तै औँठाछाप, दुईवटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर पनि समावेश हुन्छ ।

राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन गर्न नागरिकता, बसाईं सराइ गरेकाको बसाईंसराइको सक्कल कगजपत्र चाहिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार