होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • झापामा प्लाई उद्योगमा आगलागी, ३० लाख बढी क्षति
समाचार

झापामा प्लाई उद्योगमा आगलागी, ३० लाख बढी क्षति

  • नागरिक रैबार
झापामा प्लाई उद्योगमा आगलागी, ३० लाख बढी क्षति

१९ मंसिर, विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२, चैतुवारीस्थित एक प्लाई उद्योगमा आगलागी भएको छ ।

स्थानीय होमप्रसाद घिमिरेको नमस्ते प्लाई उद्योगमा आगलागी हुँदा अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाले बताए ।

 

विज्ञापन

प्रहरीका अनुसार शुक्रबार बिहान सवा ७ बजे विद्युत सर्ट भइ आगलागी भएको थियो । आगलागी भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, अनारमनी, १ नं. प्रदेश विपद् व्यवस्थापन गुल्म, चन्द्रगढी र सशस्त्र प्रहरी बेश क्याम्प, शनिश्चरेबाट संयुक्त टोली खटिएको थापाले बताए ।

उनका अनुसार आगो नियन्त्रणमा दमक, भद्रपुर र विर्तामोड नगरपालिकाको दमकल समेत खटिएको थियो । त्यसक्रममा ३ घन्टा बढीको प्रयासपछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार