कोरोना संक्रमित एक शिशुको मृत्यु भएको छ। ४५ दिनको शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए।
घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
शिशुको बुधबार साँझ निधन भएको हो। उनका बुबा, आमा र फुपुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।
फेसबुक प्रतिक्रियाहरु