होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बझाङ–बाजुरा सम्पर्क समितिद्धारा प्रहरीलाई सहयोग
बाजुरा बिशेष

बझाङ–बाजुरा सम्पर्क समितिद्धारा प्रहरीलाई सहयोग

  • नागरिक रैबार
बझाङ–बाजुरा सम्पर्क समितिद्धारा प्रहरीलाई सहयोग

नागरिक रैबार/बाजुरा २० चैत्र। बझाङ्ग–बाजुरा सम्पर्क समिति बाजुराले जिल्ला प्रहरी कार्यालय बाजुरालाई सहयोग गरेको छ । बाजुरा जिल्लामा विभिन्न पेशामा आवद्ध रहेका र सो सम्पर्क समितिका पदाधिकारीहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाजुरालाई १ सय पीस मास्क सहित ५ लिटर ह्याण्ड सेनिटाईजर सहयोग गरिएको हो ।

जिल्ला अस्पताल बाजुरामा फार्मेसी सेवामा कार्यरत रहेका सो सम्पर्क समितिका सचिव सत्यराज जोशीले बाजुरामै उत्पादन गरिएका १ सय पिस मास्क र ५ लिटर ह्याण्ड सेनिटाईजर सहयोग गरेको बताएका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको ‘कोरोना भाईरसको संक्रमण र यसको रोकथामका लागि जिल्ला प्रहरी कार्यालय बाजुरालाई उक्त सामाग्रीहरु सहयोग गरिएको सो समितिका सचिव जैशीले बताएका छन् ।

विज्ञापन

बझाङ बाजुरा सम्पर्क समितिले सहयोग गरेको सामाग्रीहरु प्रहरीलाई बुझाउँदै जिल्ला अस्पताल बाजुराका मेडिकल अधिकृत तथा सो सम्पर्क समितिका संरक्षक डाः रोहित कुमार गिरीले प्रहरीहरु २४ सै घण्टा जनताको सुरक्षामा खटिने भएकाले उहाँहरुको स्वास्थ्य स्थितिलाई मध्ये नजर गरेर उक्त सामाग्री सहयोग गरेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै