होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ११, २०७७
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • नेकपाका नेता कार्यकर्ताबाट वडाध्यक्षमाथि हातपात
अपराध

नेकपाका नेता कार्यकर्ताबाट वडाध्यक्षमाथि हातपात

  • नागरिक रैबार
नेकपाका नेता कार्यकर्ताबाट वडाध्यक्षमाथि हातपात

जाजरकोट – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताले पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात गरेका छन् ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता कार्यकर्ताहरूले हातपात गरेका हुन् ।

बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहेका मानबहादुर थापाले हातपात गरेको पीडित वडाध्यक्ष थापाले जानकारी दिए ।

‘पार्टीको वडा कमिटीले वडाको सत्तासँग छलफल गर्ने भनेर चिठ्ठी काटेकाले म त्यहीअनुसार बैठकमा सहभागी भएँ’, वडाध्यक्ष थापाले भने, ‘सबैले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ”तिमी सत्ताका भतुवाहरु भत्ताले मातेका” भन्दै अचानक आएर मुखमा हिर्काए ।’

विज्ञापन

पार्टीको औपचारिक बैठकमा बिना कमजोरी आफूमाथि हातपात भएको उल्लेख गरेका थापाले जनकल्याण आधारभूत विद्यालयजस्तो सार्वजनिकस्थलमा आफूमाथि भएको हातपातका बारेमा पार्टी र प्रशासनमा उजुरी दिने बताए । वडाध्यक्ष थापा नेकपा अदानचुली गाउँ कमिटीका सदस्यसमेत हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार