होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्याक्सी गुडाएर पेट पाल्नेलाई सुन तस्करीमा ‘संगठित मुद्दा’
समाचार

ट्याक्सी गुडाएर पेट पाल्नेलाई सुन तस्करीमा ‘संगठित मुद्दा’

  • नागरिक रैबार
ट्याक्सी गुडाएर पेट पाल्नेलाई सुन तस्करीमा ‘संगठित मुद्दा’

काठमाडौँ । साढे १४ किलो चाँदी र आधाकिलो सुन प्रकरणमा प्रहरीले सुन तस्करीसँग कुनै साइनो नै नभएका व्यक्तिलाई मुद्धा चलाएको छ । उनी हुन्, भैरहवाका सन्दीप गुरुङ ।

मंगलबार (१३ साउन)मा सन्दीप ट्याक्सी चलाएर नागढुंगाको ओरालो झर्दै थिए । त्यहाँ तीनजना पुरुषले ट्याक्सी रोके । मनकामना जाने कुरा गरे । भैरहवाबाट बिरामीलाई काठमाडौं छाडेर फर्कंदै गरेका सन्दीपले उनीहरुलाई भने, ‘बस्नुस ।’

मनकामनासम्म एकजनाको ५ सय दिने कुरा भयो । बाटामा यात्रुले सोधे, ‘ट्याक्सी कहाँसम्म जान्छ ?’

विज्ञापन

सन्दीप भैरहवा जाँदै थिए । उनीहरुले भने, ‘हामी पनि भैरहवासम्म जान्छौं ।’ सात हजार भाडा लिनेगरी कुरा मिल्यो । सन्दीपले ट्याक्सी अगाडि बढाए । नवलपरासी पुर्वको दुम्किबास पुगेपछि प्रहरीले ट्याक्सी रोक्यो ।

कारण थियो, ‘उनको ट्याक्सीमा बसेका तीनजना काठमाडौंको सुन्धारामा प्रहरी जवानलाई सुनको झोला र पेस्तोल दिएर भाग्ने ‘सुन तस्कर’ थिए ।’

अनि, सन्दिपलाई पनि प्रहरीले काठमाडौँ ल्यायो । अहिले उनी संगठित अपराध मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

संगठित अपराध जस्तो जघन्य अपराधमा योजना बनाएर अपराधमा सहभागि हुनेलाई मात्रै मुद्दा चलाइन्छ । सन्दीपले सुन कारोबारको योजना बनाएको कहिँ कतैबाट पनि पुष्टि भएको छैन् ।

उनलाई १४ किलो चाँदी र आधाकिलो सुनबारे केही थाहै छैन् । पेट पाल्नका लागि ट्याक्सी गुडाउने उनलाई प्रहरीले संगठित अपराध जस्तो जघन्य अपराधको मुद्दा चलाएको छ ।

सुन कारोबारीसँग नवलपरासीसम्म सँगै गएको हुनाले उनलाई छाड्न नसकिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘ट्याक्सी ड्राइभरको गल्ती त देखिँदैन्, तर मेरो निर्णयले मात्रै छाड्न सकिँन् ।’

सुन भनेर लुकाउको ‘चाँदी’

प्रहरी जवान बहादुर सिंह कठायतले तस्करले छाडेको सुनको झोलाबाट एक किलो सुन निकाले । त्यो सुन उनले आफ्ना साथी उमेश श्रेष्ठलाई राख्न दिए । न्यूरोडमा मोबाइल पसल चलाउने उमेश महानगरीय प्रहरी वृत दरबारमार्गका सुराक पनि हुन् ।

प्रहरीले सो ‘सुन’ बरामद गरेको छ । परीक्षण गर्दा त्यो पनि सुनको जलप लगाएको चाँदी पुष्टि भएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी ज्ञवालीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार