होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोल्टीमा एकसाता देखि खानेपानीको चरम अभाव
देश/प्रदेश

कोल्टीमा एकसाता देखि खानेपानीको चरम अभाव

  • नागरिक रैबार
कोल्टीमा एकसाता देखि खानेपानीको चरम अभाव

जीवन कैला/कोल्टी १७ बाजुरा। बाजुरा जिल्लाको सदरमुकाम मार्तडी पछिको ठुलो बजार कोल्टीमा एकसाता देखि खानेपानीको अभाव भएको छ ।

बुढीनन्दा नगरपालिकामा सञ्चालनमा रहेको कोल्टी वृहत खानेपानीको मुहान पहिरोले बगाउँदा कोल्टीमा खानेपानीको समस्या भएको हो ।
लगातारको अविरल वर्षाका कारण कोल्टी वृहत खानेपानीको मुहानमा पहिरो आएर पाईपलाईन छेदविच्छेद बनाएपछि कोल्टीमा खानेपानीको अभाव भएको स्थानियले बताएका छन् ।

कोल्टी बाट करीव दुई किलो मिटर टाढा रहेको सो खानेपानीको मुहान वेला वेला विग्रिने समस्याले कोल्टीका आम नागरीकलाई बर्षौ देखि हैरान बनाएको छ ।
लामो समय देखि खानेपानीको अभाव भए पछि महिला, बालवालीका र जेष्ठ नागरिकलाई थप समस्या भएको हो । कोल्टीमा खानेपानीको ब्यवस्थापन राम्रो नहुँदा बजार तथा आसपास क्षेत्रका वासिन्दालाई अहिले समस्या हुने गरेको छ । एक गाग्री खानेपानी ल्याउनका लागि करीव एक घण्टाको पैदेल हिडेर खानेपानीको जोहो गर्नुपरेको स्थानिय शुकविर कडाराले गुनासो गर्नुभएको छ । सरसफाई गर्ने पानीको त कुरै नगरौं खानका लागि पनि निकै समस्या हुने कडाराको भनाई छ ।

विज्ञापन

वाढि पहिरोले भिरालो जमिनमा रहेको पाईप लाइन बगाउदा मर्मतमा केहि ढिलाई भएको उपभोक्ता समितिले जनाएको छ । खानेपानीका पाईप लाईन भिरालो र चट्टनमा छन, पहिरोले बगाएर खोला पुर्याएका पाईपलाई बोकेर जईन गर्न समस्या हुँदा खोनपानी मर्मतमा ढिलाई भएको उपभोक्ता समितिका सचिव सर्पदेव वोगटिले जानकारी दिएका छन् ।

उपभोक्ताले कहिले सम्म खानेपानी खान पाउछन्त ? भन्ने पत्रकारको प्रश्नमा उहाँले सो खानेपानीका लाभान्वित सम्पुणर् उपभोक्ताहरुले शनिबारबाट पानी उपभोग गर्न पाउने बताए छ ।करीव दुई तिन दिनकोे मर्मत पछि विग्रिएको पानी आज साझँ सम्म ट्याङकिमा झार्ने योजना रहेको उपभोक्ता समितिले जनाएको छ ।

यता बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को साउन देखि खानेपानीलाई थप प्रभावकारी बनाउने कार्य योजना अघि सारेको भए पनि त्यो प्रभावकारी हुन नसकेको नागरीकले बताएका छन । खानेपानी मर्मतमा प्रदेश सरकार, स्थानिय सरकार लगायतका निकायले वेला वेला बजेटको ब्यवस्थापन गरेका भए पनि त्यो सहि सदुपयोग हुन नसकेको नागरीक अगुवाको भनाईछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार