होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • प्रधानाध्यापक विदामा बस्दा, अर्कै प्रधानाध्यापक नियुक्त
शिक्षा

प्रधानाध्यापक विदामा बस्दा, अर्कै प्रधानाध्यापक नियुक्त

  • नागरिक रैबार
प्रधानाध्यापक विदामा बस्दा, अर्कै प्रधानाध्यापक नियुक्त

रामबहादुर विक/बाजुरा १८ फागुन। बडिमालिका नगरपालिका वडा नं ७ जिल्लीमा रहेको लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक विदामा बस्दा अर्कै प्रधानाध्यापक नियुक्ति गरेको छ ।

२०३५ सालमा स्थापना भएको लक्ष्मी माध्यामिक विद्यालयमा प्रधानाध्यापक विदामा बस्दा अकैृ प्रधानाध्यापक नियुतक्ति गरेको हो । प्रधानाध्यापक कुश्मराज पण्डितले आफु विदामा बस्दा आफुलाई जानकारी नगरी मनोमानी हिसावले विद्यालय व्यवस्थापन समितीले बहुमतको आधारमा निणर्य गरेर शिक्षक नि प्रअ लालचन्द्र जैशीलाई प्रधानाध्यापकमा नियुक्ति गरेको बताउनु भएको छ ।

प्रधानाध्यापक पण्डितले विद्यालय व्यवस्थापन समितीले आफुलाई निमित प्रधानाध्यापकको निर्णय गरी जैशी लाई प्रधानाध्याकको निर्णय गरी नियुक्ति दिएको जानकारी दिनुभयो ।

विज्ञापन

गत भदौ १५ गते विद्यालय व्यवस्थापन समितीले विदा स्वीकृती गरी आफु बाहिर रहेको र यही फागुन ११गते विद्यालयमा हाजिरी भएको तर विद्यालयमा मैले नि प्र अ दिएको  व्यक्ति प्र अ भई आफुलाई सहायक शिक्षकको रुपमा कामकाज गर्न अराएको दुखेसो पनी व्यक्त गर्नु भयो । विव्यसले आफुले पढाउने नेपाली विषय शिक्षक प्रेमलाल पाध्यायलाई जिम्मा दिएर पुरै कोर्ष पढाएर सिध्याईसकेको सकेको बताइएकाे छ । २०६२ सालबाट शिक्षा एन नियम र नियमावली अनुशार आफुले प्रअको नियुक्ति पाएको उनले बताउनु भयो ।

१५ बर्ष देखी प्रअको काम गर्दै आएको र एक्कासी निप्रअको पदम बस्न आफुलाई सैय नभएको हुदा उहाँले सरुवा गर्दीन भनी नगरपालिकामा निवेदन समेत दिएको बताए ।

यता विद्यालय व्यवस्थापन समितकाका अध्यक्ष धुमा खत्रीले काठमाडौं गएको बेला आफुलाई कुनै जानकारी नगरी सदस्यको अध्यक्षतामा बैठक बोलाएर १५ दिन काज विदा मिलाएको बताइन् । उनले भनिन् विद्यालयलाई अमेरिका गएर सहयोग रकम समेत संकलन गर्ने आफुलाई जानकारी गराएको बताएकी छन् ।

विद्यालयमा काज विदा वितिसक्दा पनी विद्यालयमा हाजिरी नहुदा आर्थिक कारोवारो र पठन पाठनमा समस्या भएका कारण केही समय सम्मका लागी प्रअको नियुक्ति दिएको बताउनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार