होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा स्थानीय तहका सवारी साधानकोे दुरुपयोग बढ्दाे
बुढीगंगा

बाजुरामा स्थानीय तहका सवारी साधानकोे दुरुपयोग बढ्दाे

  • नागरिक रैबार
बाजुरामा स्थानीय तहका सवारी साधानकोे दुरुपयोग बढ्दाे
फायल तस्विर

नागरिक रैबार/बाजुरा १४ भदौ । बाजुराका स्थानीय तहहरुमा जनप्रतिनिधीहरुको सुविधाका लागि खरिद गरिएका सवारी साधानहरु दुरुपयोग भईरहेको पाईएका छन् ।
यसै क्रममा बुढीगंगा नगरपालिकाका अधिकाँस मोटरसाइकलहरु दुरुपयोग भईरहेका छन् । नगरपालिकाको कामका लागि मोटरसाईकल खरिद गरिएका भएपनि वडा अध्यक्षहरुले आफ्नो निजी कामका लागि विदाको समयमा समेत प्रयोग गर्ने गरेको पाईएको छ ।
नगरपालिकाले नगरभित्रका सेवाग्राहीको सेवामा असर नपरोस, वडाध्यक्षहरु कहीँ कतै गए समयमै आई वडाका सेवा प्रदान गरून् भन्ने उद्देश्यका साथ नगरका १० वटै वडामा वडा अध्यक्षहरुका लागि मोटरसाइकल खरिद गरेको भएपनि वडा अध्यक्षहरुले आफ्नो नातेदारहरुलाई दिएर मोटरसाईकलको दुरुपयोग गर्ने गरेका छन् ।
भदौ १३ गते शुक्रबार मात्रै बुढीगंगा नगरपालिका ९ का वडा अध्यक्ष भरत थापाले चलाउँदै आ

एको मोटर साईकल सोही वडाका लक्ष्मण थापाले सरकारी मोटरसाईकललाई विना लाईसेन्स बाम्का बजारबाट बल्दे तर्फ लैजाँदै गरेका थिए । सोही क्रममा बुढीगंगाकै ६ नम्बर वडाका वडा अध्यक्षको मोटरसाईकल पनि विना लाईसेन्स डम्मराज गिरीले दुरुपयोग गर्दै विपरित दिसातर्फ गएका बेला दुवै सरकारी मोटरसाईकल बाम्का बजार नजिकै एक आपसमा ठोकिन पुगेका छन् ।  बुढीगंगा नगरपालिका ९ र ६ नम्बर वडाका दुवै मोटरसाईकलहरु एक आपसमा ठोकिएपछि मोटर साईकल चालक लक्ष्मण र डम्मराज गिरी दुवै घाईते भएका छन् ।

घाईते दुवैको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ भने दुवै मोटरसाईकल बार्जुगाड प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै सोही दिन जगन्नाथ गाउँपालिकाको से १ ब ४५१ नम्बर प्लेटको सरकारी मोटरसाईकल गाउँपालिकाकै कार्यालय सहयोगी भिमबहादुर शाहीले विना लाईसेन्स कोल्टीबजारबाट भारतीकौसाडी तर्फ लैजाँदै गर्दा विपरित दिसाबाट आईरहेका दुईजनालाई ठक्कर दिएर घाईते बनाएको कुन्ना प्रहरी चौकीले बताएको छ ।
जगन्नाथ गाउँपालिकाका कार्यालय सहयोगी भिमबहादुर शाहीले चलाएको मोटरसाईकलको ठक्करबाट जगनाथ गाउँपालिकाकै ४२ वर्षिया गोविन्द भण्डारी र ४४ वर्षिया दिप भण्डारी घाईते भएका छन् ।
सेतो नम्बर प्लेट भएको सवारीसाधन सम्वन्धित निकायका कर्मचारीहरुले कार्यालय समयमा र बिदाको दिन सम्बन्धित कार्यालयको अनुमति लिएर मात्र चलाउन पाउने प्रावधान रहदै आएको छ ।
तर अहिले जिल्लाका अधिकाँस स्थानीय तहले कार्यालयको प्रयोजनका लागि खरिद गरेका सवारी साधानहरु सरकारी कामका लागि भन्दा पनि निजि कामका लागि प्रयोग हुने गरेका भेटिन्छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार