होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • श्रीलंकालाई एकदिवसीय शृंखला
खेलकुद

श्रीलंकालाई एकदिवसीय शृंखला

  • नागरिक रैबार
श्रीलंकालाई एकदिवसीय शृंखला

कोलम्बो – आभिस्का फर्नान्डोको उत्कृष्ट ब्याटिङप्रेरित श्रीलंकाले आइतबार बंगलादेशमाथि ७ विकेटको जितका साथ तीन एकदिवसीय खेलको शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ।

बंगलादेशले प्रस्तुत गरेको २ सय ३९ रनको लक्ष्य श्रीलंकाले ४४.४ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको थियो। यस क्रममा फर्नान्डोले ७५ बलमा ८ चौका र २ छक्काको मद्दतमा ८२ रन जोडेका थिए। फर्नान्डोले पहिलो विकेटका लागि कप्तान दिमुथ करुणारत्नेसँग ७१ रनको साझेदारी गर्दै टोलीलाई गतिलो सुरुआत दिलाएका थिए। करुणारत्नेले १५ रन जोडे।

चौथो विकेटका लागि कुशल मेन्डिस र एन्जेलो म्याथ्युजले अविजित ९३ रनको साझेदारी गर्दा श्रीलंकाले सहज जितका साथ एक खेलअगावै शृंखला आफ्नो पक्षमा पारेको हो। म्याथ्युजले ५७ बलमा ७ चौकाको मद्दतमा अविजित ५२ रनको योगदान गर्दा मेन्डिसले ७४ बलमा ४ चौकाको मद्दतमा अविजित ४१ रनको योगदान गरे। त्यस्तै कुशल परेराले ३० रन बनाए।

विज्ञापन

बंगलादेशका मुस्ताफिजुर रहमानले २ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३८ रनको योगफल तयार पारेको थियो। बंगलादेशका विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिमले अविजित ९८ रन जोडे।

२६ रन जोड्दा ओपनर सौम्य सरकारलाई पहिलो विकेटका रूपमा गुमाएको बंगलादेशले थप ५ रन जोड्दा कप्तान तमिम इकबाललाई पनि गुमायो। भरपर्दा ब्याट्सम्यान मोहमद मिथुन र मोहमदुल्ला क्रमश १२ र ६ रन जोड्दै पवेलिययन फर्किए भने सबिर रहमान र मोसाडिक हुसेनले पनि सम्हालिएको प्रदर्शन गर्न सकेनन्।

११७–६ को स्थितिमा ब्याटिङका लागि आएका मेहदी हसन मिराजसँग सातौं विकेटका लागि ८४ रनको साझेदारी गर्दै रहिमले बंगलादेशलाई सम्मानजनक योगफलतर्फ डोे¥याएका थिए। रहिमले १ सय १० बलमा ६ चौका र १ छक्का प्रहार गरे। मेहदी हसनले ४९ बल खेल्दै ६ चौकाको मद्दतमा ४३ रन जोडे। श्रीलंकाका अकिला धनञ्जय, नुवान प्रदीप र इसरु उडानाले समान २ विकेट लिए। शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ। बंगलादेशले प्रस्तुत गरेको २ सय ३९ रनको लक्ष्य श्रीलंकाले ४४.४ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार