होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • च्याम्पियन्स लिग विजेता नेपोलीसँग स्तब्ध
खेलकुद

च्याम्पियन्स लिग विजेता नेपोलीसँग स्तब्ध

  • नागरिक रैबार
च्याम्पियन्स लिग विजेता नेपोलीसँग स्तब्ध

लन्डन – लिभरपुलले आइतबार प्री सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा नेपोलीलाई ३–० को नतिजा सुम्पिएको छ। प्री सिजन भ्रमणमा च्याम्पियन्स लिग विजेता लिभरपुलले ४ मैत्रीपूर्ण खेलमा जितको स्वाद चाख्न पाएको छैन। यसअघि लिभरपुलले बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डलाई र स्पेनिस ला लिगा क्लब सेभियालाई नतिजा सुम्पिएको थियो भने स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकिएको थियो।

लिभरपुलले अर्को सात कम्युनिटी सिल्डमा इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीको सामना गर्दै छ। नेपोलीको जितमा लोरेन्जो इन्जाघी, अर्काड्युस मिलिक र अमिन योनेसले समान एक गोल गरेका थिए।

१७औं मिनेटमा इन्जाघीको गोलमा अग्रता लिएको कार्लो एन्सेलोट्टीको टोलीले २९औं मिनेटमा मिलिकको गोलमा अग्रता दोब्बर पारेको थियो। मध्यान्तरअघि जर्जियो विज्नाल्डमको गोल अफसाइड हु्ँदा लिभरपुलको अग्रता कम गर्ने अवसर खेर गएको थियो। ५२औं मिनेटमा योनेसले नेपोलीको अग्रता ३–० मा पु¥याएका थिए।

विज्ञापन

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले दोस्रो हाफमा १० खेलाडी परिवर्तन गराएका थिए। यस क्रममा हालै मात्र क्लबमा अनुबन्धन भएका हार्भे इलियोटले समेत लिभरपुलबाट डेब्यु गरेका थिए। मेमा उल्भरह्याम्पटनविरुद्धको खेलबाट डेब्यु गर्दै इलियोट प्रिमियर लिग इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। उनले १६ वर्ष ३० दिनमा प्रिमियर लिगमा डेब्यु गरेका थिए। यद्यपि व्यावसायिक सम्झौताका लागि भने उनले अर्को अप्रिलसम्म कुर्नुपर्नेछ।

रियाल मड्रिड, आर्सनल, पेरिस सेन्ट जर्मन र म्यानचेस्टर युनाइटेडले इलियोटलाई अनुबन्धन गर्न इच्छा देखाएका थिए। यी नयाँ सिजनका लागि लिभरपुलले अनुबन्धन गरेका दोस्रो युवा खेलाडी हुन्। यसअघि लिभरपुलले १७ वर्षे डच रक्षक सेप भान डेन बर्गलाई भित्र्याएको थियो। यसअघि लिभरपुलले बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डलाई र स्पेनिस ला लिगा क्लब सेभियालाई नतिजा सुम्पिएको थियो भने स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार