होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • उदितनारायणलाई सुरक्षा गार्डको नम्बरबाट कसले दियो ज्यान मार्ने धम्की ?
मनोरञ्जन

उदितनारायणलाई सुरक्षा गार्डको नम्बरबाट कसले दियो ज्यान मार्ने धम्की ?

  • नागरिक रैबार
उदितनारायणलाई सुरक्षा गार्डको नम्बरबाट कसले दियो ज्यान मार्ने धम्की ?

एजेन्सी : सयौँ नेपाली तथा हिन्दी चलचित्रका पाश्र्व गायक उदितनारायण झाले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको उनले खुलासा गरेका छन् । प्रहरीले उक्त फोन बिहारबाट आएको पत्ता लगाएको छ । यस्तै उनलाई फोन गर्ने नम्बर चोरीको रहेको पनि पत्ता लगाएको छ ।

अम्बोली प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक भरत गायकवाडका अनुसार उदितलाई पटक–पटक ज्यान मार्ने धम्की आइरहेको छ । ‘नारायणका अनुसार फोनकर्ताले उनलाई धम्की दिइरहेको छ’, निरीक्षक गायकवाडले भने ।

विज्ञापन

यस्तो घटनासँगै प्रहरीले उदित नारायणको निवासमा सुरक्षा निगरानी बढाएको छ । सादा पोसाकमा खटिएका प्रहरी अधिकारीहरूले निरन्तर शंकास्पद व्यक्तिमाथि निगरानी गरिरहेका छन् ।’

फोनकर्ताले लगभग एक महिनाअघि पहिलो पटक उदितलाई फोन गरेका थिए । दोस्रोपटक १७ जुलाई र तेस्रो पटक २३ जुलाईमा फोन आएको निरीक्षक गायकवाडले बताए ।

प्रहरीको सोधपुछका क्रममा धम्की आउने नम्बर उदित बस्ने भवनमै रहेका सुरक्षा गार्डको रहेको पत्ता लागेको छ । उनको मोबाइल तीन महिना पहिले बिहार जाँदा रेलमा हराएको प्रहरी सोधपुछमा बताएका छन् । तर उनले फोन हराएको खबर प्रहरीलाई गरेका थिएनन् । प्रहरीले ती गार्डको मोबाइल फोन चोरी वा भेटिएको भए पनि त्यहाँ उदितको नम्बर सेभ रहेको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार