होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • यातायातको सुबिधा नहुँदा स्याउ बेच्ने किसानलाई सास्ती
Breaking News

यातायातको सुबिधा नहुँदा स्याउ बेच्ने किसानलाई सास्ती

 एक हजारका स्याउ बेच्न पाँच घण्टाको पैदल यात्रा

  • नागरिक रैबार
यातायातको सुबिधा नहुँदा स्याउ बेच्ने किसानलाई सास्ती

राजेन्द्र बिक बाजुरा १२ भदौ । यातायात को असुबिधा का कारण स्याउ खेती गर्ने किसान लाई बिक्री गर्न सास्ती ब्यहोर्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।

बाजुरा जिल्ला का बुढिनन्दा नगरपालिका, जगन्नाथ गाउपालिका र स्वामिकार्तिक गाउपालिका मा अधिकांश किसान हरुले स्याउ खेति गर्ने गरेका छन्।निकै मिहिनेत गरेर फलाएको स्याउ लाई बजार सम्म ल्याउन यातायात को असुविधा हुनाले किसान हरुले पिठिउ मा बोकेर बजार सम्म पुर्याउनु पर्ने अबस्था छ।

जगन्नाथ र स्वामिकार्तिक गाउपालिकाका किसान हरुले कोल्टी बजार सम्म स्याउ बिक्रि गर्ने गरेका छन् भने ।बुढिनन्दा नगरपालिका का किसान हरुले भने सदरमुकाम मार्तडी मा पाँच घण्टा पिठिउ मा बोकेर बिक्री गरिरहेका छन्।

विज्ञापन

बिहान ६ बजे आएका हौं ११ बजे मार्तडी पुगियो अहिले सम्म केहिमात्रामा मात्र स्याउ बिक्रि भएका छ्न् पछि सम्म बिक्री गरिसक्यो भने भोलि घर जानुपर्छ खांदा बस्दा केही हुदैन जम्मा कमाइ एक दुई हजार जति होला बच्चा को पढाइ खर्च हुन्छकी भनेर आएको हुं स्याउ को मूल्य पनि राम्रो छैन सबैले दानाको पांच रुपैया देखि बीस रुपैयाँ मा बिक्री गर्ने गरेका रहेछन् ।

मैले दस रुपैयाँ दाना दिने गरेको छु घांम ले थपथप पसिना चुहांउदै बुढिनन्दा ९ पाण्डुसैन का एक बिक्रेता प्रेम दमाई ले भन्नूभयो।बर्साद को समय हुनाले मार्तडी कोल्टी सडक खण्ड अबरोध भएका कारण बिक्रेताले यो समस्या झेल्नु परेको हो ।वारि का सबै स्याउ बिक्री गर्न पाए खान लाउन र छोराछोरी पढाउने लगायत को दैनिकी मा कुनै समस्या हुनेथिएन पिठिउ मा बोकेर सबै बिक्री गर्न सकिने सम्भावना छैन मिहिनेत गरेर फलाएको फल जति सकिन्छ यस्तै दुख गरेर बिक्री गर्छौ के गर्ने हाम्रो ठाउँ यस्तै छ।सोही ठाउँ कि अर्कि स्याउ बिक्रेता तुल्छा धामिले बताउनु भयो।बर्सेनि स्याउ किसान हरुले यो समस्या झेलिरहेकाले यसको उचित ब्यबस्थापन मा सरोकारवालाले ध्यान दिन आबश्यक देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार