होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘छ माया छपक्कै’ दशैंको टिकापछि रिलिज हुने
मनोरञ्जन

‘छ माया छपक्कै’ दशैंको टिकापछि रिलिज हुने

  • नागरिक रैबार
‘छ माया छपक्कै’ दशैंको टिकापछि रिलिज हुने

यसअघि दशैंमा रिलिज गर्ने तयारीका साथ छायांकनमा गएको चलचित्र ‘छ माया छपक्कै’को टिमले अझै पनि प्रदर्शन मिति तय गर्न सकेको छैन । चलचित्रको टिमले यसअघि भदौ २७ मा चलचित्र रिलिज गर्ने बताएपनि अब यो संभावना टरिसकेको छ । तर, चलचित्रको प्रदर्शन मिति फस्टलुकमा समेत रिलिज नहुँदा दर्शक पनि अन्यौलमा छन् ।

यसपटक, ठूलो बजेटको हिन्दी चलचित्र ‘वार’का कारण पनि नेपाली चलचित्रको रिलिज केही प्रभावित भएको हो । कतिपयले निर्माता दिपकराज गिरी र उनको टिम हिन्दी चलचित्रसँग डराएको तर्क पनि गर्छन् । तर, दिपक भन्छन्–‘हामी हिन्दी चलचित्रसँग जुध्नका लागि तयार छौं । तर, नेपालका हलावाल र वितरकसँग हामी जुध्न सक्दैनौं ।’

ठूलो हिन्दी चलचित्र आउँदा नेपाली चलचित्रलाई पराइको व्यवहार गर्ने र निकै कम शोजमा खुम्च्याइदिने खेल नेपालका वितरक र हलवालाले खेल्दै आएको लामो समय भैसकेको छ । यसैले, पनि दिपकले कम शोज पाउने संभावनाका कारण नै ‘वार’सँग नजुध्ने संकेत गरेका छन् ।

विज्ञापन

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘मारुनी’ हलवाला र वितरकको यस्तै चेपुवामा परिसकेको छ । उसो भए, चलचित्र कहिलेबाट रिलिज हुन्छ त ? दिपक भन्छन्–‘छ माया छपक्कै दशैंको टिकापछि रिलिज हुन्छ ।’
उनले प्रदर्शन मिति खुलाउन नचाहेपनि असोजको २४ गतेबाट चलचित्र रिलिज हुने वुझ्न सकिन्छ । चलचित्रको पहिलो गीत भोली रिलिज हुँदैछ ।

दिपेन्द्र लामा निर्देशित चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, केकी अधिकारी, जितु नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार