होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा रोपाईको चटारो, ३० प्रतिशत रोपाई सम्पन्न
Breaking News

बाजुरामा रोपाईको चटारो, ३० प्रतिशत रोपाई सम्पन्न

  • नागरिक रैबार
बाजुरामा रोपाईको चटारो, ३० प्रतिशत रोपाई सम्पन्न

मदन वि.क./बाजुरा १४ असार। बाजुराका कृषकलाई यतिबेला रोपाईको चटारो चलेको छ । तर, असार मसान्तको मध्ये भागमा आईसक्दा पनि खेतियोग्य जमिनमा प्रयाप्त मात्रामा सिँचाई सुविधा नभएपछि कृषकहरुलाई खेतबारीमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ ।
कृषकहरुले अघिल्ला वर्षहरुमा असार १५ गते भित्र जिल्लाका अधिकाँस खेतियोग्य जमिनमा धान रोपेर सक्ने गरेका थिए । तर यस वर्ष मौसमले साथ नदिएपछि यस वर्ष रोपाई ढिलो भएको कृषकहरुले बताएका छन् ।


जेठ र असार मसान्तलाई मानो रोपेर मुरी उव्जाउने महिनाका रुपमा लिएर जिल्लाको मार्तडी, जुगाडा, रजाली, आटिचौर, ब्रह्मतोला, बाह्रविस, तोली, कैलाशमाण्डौ, कोल्टी पाण्डुसेन लगायतका खेतियोग्य जमिनमा धान रोप्ने गरेका छन् ।


कृषकहरुले करिब ५० प्रतिशत स्थानीय जातको धान खेती गर्ने गरेका छन् भने ५० प्रतिशत उन्नत जातको धान खेती गर्ने गरेका छन् ।
गत वर्ष जेठको अन्तिम साताबाट रोपाई सुरु गर्ने गरेका थियौं यस वर्ष सिँचाई सुविधा नहुँदा असारको पहिलो साताबाट रोपाई सुरु गरिएको कृषक पारु ऐडीले बताईन् ।

विज्ञापन


यता कृषि ज्ञान केन्द्र बाजुराका अनुसार पछिल्लो समयमा जलवायु परिवर्तनका कारण सुख्खा खडेरी मलको अभाव, उन्नत जातको वीउवीजनको अपर्याप्ततका कारण कृषकहहरुले वर्षेनी सोचेजस्तो धान उत्पादन गर्न नसकेका हुन् ।


जिल्लामा सिँचाईको सुविधा प्रयाप्त मात्रामा नभएपछि जिल्लाको कुल धान खेति हुने ७ हजार २ सय ३० हेक्टरमध्ये २ हजार १ सय ७० हेक्टर अर्थात ३० प्रतिशत मात्र धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीले बताएका छन् । 
पछिल्लो समयमा कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखाहरुले जिल्लामा धानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नका लागि कृषकहरुलाई उन्नत जातको वीउ वितरण तालिम तथा अन्य सामाग्री सहयोग गरिरहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि