होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिकालार्ई साक्षर घोषणा यसरी गरियो (फोटो फिचर)
समाचार

गौमुल गाउँपालिकालार्ई साक्षर घोषणा यसरी गरियो (फोटो फिचर)

गाउँपालिका भरि ९६.२५ प्रतिशत साक्षर

  • नागरिक रैबार
गौमुल गाउँपालिकालार्ई साक्षर घोषणा यसरी गरियो (फोटो फिचर)

रमित बि.क./असार १३ बाजुरा। जिल्लाको गौमुल गाउँपालिका साक्षर घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले नै साक्षर गाउँपालिका घोषणा गरेका थिए । गाउँपालिकालाई एक औपचारिक कार्यक्रम सहित जिल्लामा दोस्रो स्थानीय तहको रुपमा साक्षर घोषणा गरिएको हो ।

जिल्लाका नौ वटा स्थानीय तह मध्ये गौमुल गाउँपालिका घोषणा हुनेमा दोस्रो भएको छ । गाउँपालिकामा रहेका ९६.२५ प्रतिशत जनसंख्या साक्षर घोषणाको सूचक पुरा गर्ने अवस्थामा पुगेपछि घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

गाउँपालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समुहको कुल १० हजार ६ सय ९४ जनसंख्या मध्ये ६ हजार २ सय ६६ जना अर्थात ९६.२५ प्रतिशत जनसंख्या साक्षर भएपछि घोषणा गरिएको हो । नेपाल सरकारले निर्धारण गरेका १२ वटा सुचक मध्ये ७ वटा गाउँपापलिकामा पूरा गरेपछि औपचारिक घोषणा गरिएको हो ।
सरकारले साक्षर घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ । निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चन्ह सक्ने, वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्न्ने सूचक मध्ये ६ वटा पुरा भए घोषणा गर्न सकिने भनिएको छ ।

विज्ञापन

साक्षर गाउँपालिका घोषणा गदैँ गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिकाको चुनौती भनेको अहिले नयाँ प्रविधि संग प्रयोग गर्ने सक्ने र खेल्न सक्ने जनशक्ति बनाउन सक्ने चुनौती आफुहरुका बीचमा रहेको शैक्षिक क्षेत्रमा आमुल परिवर्तन गर्ने कार्यभार हामी सामु रहेकोले सबैको साथ सहयोग आवश्यक सगै ईमान्दार भएर कर्तव्य पालना गर्नुपर्ने बताएका छन् ।

कुल जनसंख्याको ९६ प्रतिशत जनसंख्या साक्षर भएको तथ्याकंले देखाएपछि घोषणा गरिएको उपाध्यक्ष सिता थापाले बताइृन । गाैमुल गाउँपालिकामा १० हजार ६ सय ९४ जनसंख्या रहेको छ ।

साक्षर घोषणा कार्यक्रममा गाउँपालिका भरिका बिद्यालयले शैक्षिक प्रस्तुती, देउडा तथा नृत्यहरु पनि प्रर्दशन गरेका थिए । साक्षर गाउँपालिकामा बसोबास गर्ने स्थानीय हुन् पाउँदा आफुहरुलाई खुसी लागेको स्थानीय हिक्मत राेकायाले बताएका छन् ।

गाउँपालिकाले सुरुमा ६ वटै वडामा गएर घरधुरी सर्वेक्षण गरेको थियो । सोही तथ्याकंको आधारमा घोषणा गरिएको हो । अभियानका वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्य तथा कर्मचारी र गाउँपालिका भित्रका सामुदायिक विद्यालयले ठूलो भुमिका खेलेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार