होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुर्गमका दलित युवाहरु काठमाण्डौंमा एकजुट, दलित समाज सुधार क्लव गठन
समाचार

दुर्गमका दलित युवाहरु काठमाण्डौंमा एकजुट, दलित समाज सुधार क्लव गठन

  • नागरिक रैबार
दुर्गमका दलित युवाहरु काठमाण्डौंमा एकजुट, दलित समाज सुधार क्लव गठन

नागरिक रैबार/बाजुरा १४ असार । बाजुरा जिल्लाको स्वामिकार्तिक खापार गाउँपालिका वडा न.ं १ का दलित युवा काठमाण्डौमा संगठीत भएका छन् । अध्ययनको शिलसिलामा दुर्गम गाउँबाट काठमाण्डौ गएका दलित युवाहरुले काठमाण्डौंमा नेपाल दलित समाज सुधार क्लव गठन गरी संगठित भएका छन् ।
दुर्गमका दलित विद्यार्थीहरुले अहिले सम्म काठमाण्डौं लगायतका विभिन्न शहरमा अध्ययनका क्रममा भोग्नु परेका समस्यालाई मध्यनजर गदै क्लव गंठन गरिएको हो ।
दुर्गम गाउँबाट काठमाण्डौमा पढाईको शिलशिलामा गएका दलित युवाहरुले दलित समुदायको हक हित र विभिन्न सिर्जनात्मक रचना अभियान चलाउन सक्रिय दलित युवाहरुको भेलाले नेपाल दलित समाज सुधार युवा क्लब गंठन गरेको हो ।
समाजबादी पाटीका केन्द्रीय सदस्य तथा दलित युवा अगुवा शुनिल बिकको सक्रियतामा उक्त युवा संञ्जाल गंठन गरिएको हो । उहाँले सबैले सहकार्य गरेर अभियान सञ्चालन गर्न सके व्यवहारिक रुपमै जातीय छुवाछूतलगायत सामाजमा हुने समस्या हटाउन सकिनेमा र दलित समुदायको हक अधिकारबारे संविधानमा उल्लेख भएपनि पनि समस्या अझै उस्तै रहेकाले सबै दलित एकजुट भएर समस्या समधान गर्न लाग्नुपर्ने बताए ।
दलित समुदायमाथी हुने जातिय बिभेद तथा छुवाछुत बिरुद्ध आवाज उठाउने तथा दलित युवाहरुलाई सामाजिक क्षेत्रमा सक्रिय बनाउने लगायत विभिन्न उद्देश्यले दलित हमआकयुवा क्लव गठन गरिएको बताईएको छ ।
दलित युवाको सामाजिक,साँस्कृतिक तथा राजनैतिक सशक्तिकरण गर्ने र समग्र दलित समुदायको आर्थीक तथा सामाजिक जीवनस्तर उकास्नको लागि उत्पादन लगायतका अभियान सञ्चालन गर्ने उद्देश्यले गठन गरिएको सञ्जालका अध्यक्ष सन्तोश कडाराले बताए ।
अध्यक्षतामा सन्तोश कुमार कडारा, उपाध्यक्षमा मान बहादुर विक, सचिवमा पवित्र बि.क, सहसचिव मिथुन बि.क, र कोषाअध्यक्षमा केशव कुमाल बि.क रहेका छन् भने त्यस्तै कलवका सदस्यहरुमा राज कुमार तिरुवा, सक्क कडारा, दशरथ बि.क, नविन बि.क, रंग बि.क, गंग बि.क, प्रविण बिसी, जित बि.क, धिरजन बि.क र अंग बि.क रहेका छन् ।
‘बिशुद्ध दलितहरुको हक हितमा काम गर्नको लागि दलित युवाहरुको संगठन बनाईएको हो’ सचिव बि.कले भने दलित समुदायको सामाजिक, आर्थीक तथा साँस्कृतिक अभियान जस्ता कार्यक्रममा केन्द्रित भएर काम गर्ने र विभिन्न खालका कार्यक्रम तथा अभियानहरु संञ्जालन गर्ने बताए ।
त्यस्तै ‘दलित समुदायका युवाहरुको संघ संस्था कमै छन् भएपनि सक्रिय छैन्, क्लबका अध्यक्ष सन्तोश कुमार कडारले भने–‘सबै दलित युवाहरुलाई समेटेर सामाजिक क्षेत्रमा सक्रियताका साथ काम गर्न संगठित भएका हौं ।’ विधान प्रक्रियामा लागेको र अब केहि दिनमै क्लब दर्ता पनि गरिने उहाँले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार