होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपामा कार्यविभाजन, ३० बढीले पाए नयाँ जिम्मेवारी (नामसहित)
राजनीति

नेकपामा कार्यविभाजन, ३० बढीले पाए नयाँ जिम्मेवारी (नामसहित)

  • नागरिक रैबार
नेकपामा कार्यविभाजन, ३० बढीले पाए नयाँ जिम्मेवारी (नामसहित)

भदौ ९, २०७६ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले विभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थप गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको हो।

बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुख र उपप्रमुखमा यसअघि खोटाङको सहइञ्चार्ज रहेका रामकुमार राईलाई तोकेको छ। माधवकुमार नेपाल प्रमुख भएको विदेश विभागको उपप्रमुखमा पत्रकारका रुपमा परिचित नेता विष्णु रिजाल तोकिएका छन् भने झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजक पूर्वराजदूत प्रमेश हमाल भएका छन्। घनश्याम भुसाल प्रमुख रहेको प्रादेशिक मामिला विभागको  उपप्रमुख प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई नियुक्त गरिएको छ। चर्चित नेतृ रामकुमारी झाँक्रीलाई इन्जिनियर संगठनको सहइञ्चार्ज तोकिएको छ।

बैठकले विष्णु रिमाल प्रमुख रहेको सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई थप गरेको छ। त्यस्तै, कर्णाली अञ्चल सम्पर्क समन्वय कमिटीको इञ्चार्जमा सत्या पहाडी र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इञ्चार्जमा वीरमान चौधरीलाई जिम्मा दिइएको छ।

विज्ञापन

जनवर्गीय संगठनतर्फ सहइञ्चार्ज थप्ने क्रममा महिलामा अमृता थापा र सीता पौडेल, आदिवासी जनजातिमा सुरेश आलेमगर र शेरबहादुर तामाङ, दलित मुक्ति मोर्चाको सहइञ्चार्जमा तिलक परियार र बोमवहादुर विक तथा प्रेस संगठनमा महेश्वर दाहाल सहइञ्चार्ज थपिएका छन्।

जनसांस्कृतिक महासंघको इञ्चार्जमा केदार न्यौपाने र सहइञ्चार्ज खगेन्द्र राई भएका छन्।खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इञ्चार्जमा जीवन घिमिरे र अजम्बर काङमाङ नियुक्त भएका छन् भने शिक्षक सम्बद्ध संगठनको सहइञ्चार्जमा प्रदेश १ का गृह मन्त्री हिक्मत कार्की चयन भएका छन्। केही जिल्लाका सहइञ्चार्ज पनि थपिएका छन्। यसरी थपिनेमा तिलकुमार मेन्याङबो ताप्लेजुङ, भगवती चौधरी सुनसरी, प्रमोदनारायण यादव र हरिनारायण चौधरी सिरहा, चुँडामणी जंगली कास्की र दीपक देवकोटा कैलाली छन्। यसरी नैं पर्सा जिल्ला इञ्चार्जमा रामचन्द्र साह तेली र मजदुर विशेष जिल्ला कमिटी सचिवमा बलराम खत्री तोकिएको छ।

कसलाई के जिम्मेवारी?

भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख

डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख

बेदुराम भुसाल : स्कूल विभाग उपप्रमुख

बिष्णु रिजाल : विदेश विभाग उपप्रमुख

रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख

कमल चौलागाई : सहकारी विभाग उपप्रमुख

प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सहसंयोजक

रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज

अमृता थापामगर : महिला संघ सहइन्चार्ज

सीता पौडेल : महिला संघ सहइन्चार्ज

सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज

वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज

सुरेश आलेमगर  : आदिवासी जनजाति सहइन्चार्ज

शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज

तिलक परियार : दलित मोर्चा सहइन्चार्ज

बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज

महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज

केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज

खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज

जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज

अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज

हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज

जिल्ला सहइन्चार्जहरु

तिलकुमार मेन्याङबो : ताप्लेजुङ

भगवती चौधरी : सुनसरी

प्रमोदनारायण यादव : सिरहा

हरिनारायण चौधरी : सिरहा

चुडामणि जंगली : कास्की

दीपक देवकोटा : कैलाली

इन्चार्ज र सचिव

रामचन्द्र साह : पर्सा इन्चार्ज

बलराम खत्री : मजदूर विशेष जिल्ला कमिटी सचिव

थाहाखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार