संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान आज पनि सकिएन ।
बयान नसकिएपछि प्रहरीले पुनः तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला अदालतमा पेश गरेको छ । महरासँगको बयान नसकिएको भन्दै काठमाडौं प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउन लागेको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । यसअघि अदालतले थुनामा राखेर थप अनुसन्धान गर्न भन्दै पाँच दिनको म्याद थपेको थियो ।
त्यस्तै, यसअघि २८ असोजमा पहिलोपटक अदालतमा पेश परेका महरालाई पक्राउ गरेको समयसहित १३ दिन थुनामै राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो । महरा १९ असोजमा पक्राउ परेका थिए ।
फेसबुक प्रतिक्रियाहरु