बाजुरा जिल्लामा एक वर्षको अवधीमा १० जना माथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय बाजुराले तथ्याङ्क सार्बजनिक गरेको छ ।
गएको वर्ष पौष देखि यो वर्षको मंसिर ३० सम्म १० जनालाई बलात्कार गरिएको प्रहरीसँग तथ्याङ्क छ । ती मध्ये ८ जना अदालती कारवाही सहीत कैदी जीवन बिताईरहेका छन् । भने २ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
बलात्कृत हुने १० जना मध्ये बलात्कृत हुनेमा ६ वर्ष देखि ४० वर्ष उमेर समूहका छन् । ती मध्ये ६ जना २० वर्ष भन्दा कम उमेरका छन् । बलात्कार गर्नेमा १९ देखि ५८ वर्षसम्मका छन् । बडिमालिका नगरपालिका ९ का विक्रम विष्टले ६ वर्षकी नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएका छन् ।
विष्टले गएको असार २७ गते गाउँमै बलात्कार गरेका हुन् । २०७५ पौष २७ गते बुढीगंगा नगरपालिका ८ का ४७ वर्षका दलबहादुर थापाले १४ वर्षकी, २०७५ फागुन ९ गते त्रिवेणी नगरपालिका ८ का ५८ वर्षका राम गिरीले ३५ वर्षकी महिलालाई बलात्कृत गरेका छन् ।
०७५ फागुन १० गते बडिमालिका नगरपालिका २ का १९ वर्षका रामबहादुर बोहराले ३८ वर्षकी, फागुन १५ गते बुढीनन्दा नगरपालिका ७ का ३५ वर्षका किस्न ल्वारले २७ वर्षकी महिलालाई बलात्कार गरेका छन् । यस्तै २०७६ बैशाख २७ बडिमालिका नगरपालिका ८ का २० वर्षका नृप रावलले १९ वर्षकी बालिकालाई, जेष्ठ ८ गते खप्तड छेडेदह गाउँपालिका ३ का १८ वर्षका अम्मर धामीले ११ वर्षकी बालिकालाई बलात्कार गरेका छन् । यस्तै यसै वर्षको साउन ३ गते बुढीगंगा नगरपालिकाका २३ वर्षका गणेशमान केसीले १२ वर्षकी बालिकालाई बलात्कार गरेका हुन् ।
कात्र्तिक १० गते बडिमालिका नगरपालिका ९ का २२ वर्षका प्रकाश बुढाले ४० वर्षकी महिला र मंसिर १९ गते बुढीगंगा नगरपालिका ८ का २२ वर्षका दिपेन्द्र थापाले १५ वर्षकी बालिका माथी बलात्कार गरेका छन् । प्रकाश बुढा र दिपेन्द्र थापा माथि अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले बताउनुभएको छ । मुलधार पाेष्टबाट
फेसबुक प्रतिक्रियाहरु