होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • कतारसँग नेपालको लज्जास्पद हार, विश्वकप यात्रा कठिन
खेलकुद

कतारसँग नेपालको लज्जास्पद हार, विश्वकप यात्रा कठिन

  • नागरिक रैबार
कतारसँग नेपालको लज्जास्पद हार, विश्वकप यात्रा कठिन

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । तुलनात्मक रुपमा कमजोर मानिएको कतारसँग नेपालले ४ विकेटको लज्जास्पद हार व्यहोरेको हो । । कमजोर टोली कतारसँग परजित भएपछि ग्लोबल  क्वालिफायरमा छनोट हुँदै विश्ककपको यात्रा तय गर्ने नेपालको बाटो अप्ठेरो बनेको छ।

नेपालले कतारविरुद्ध निकै फितलो गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाई १२२ रन बनाएको थियो  । १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

सुरुदेखि नै आक्रमकरुपमा प्रस्तुत भएका ब्याट्सम्यानविरुद्ध नेपाली बलर निरीह देखिए । नेपालका लेग स्पीनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा ३३ रन दिएर ३ विकेट लिए पनि त्यसले हार टार्न सकेन । करण केसीले १ विकेट लिए ।

विज्ञापन

कतारका लागि इमाम उलहकले सर्वाधिक ४१ रन बनाए । कामरन खानले २२  र नौमन सरवारले १५ रन बनाए ।  १४औं र १५औं ओभरमा लगातार विकेट लिई नेपाल खेलमा फर्कने प्रयास गरेको थियो । तर निकै कम स्कोर भएका कारण हारबाट व्यहोर्न बाध्य भयो ।

व्याटिङमा निरीह

नेपालको ब्याटिङ लाइनमा यस खेलमा पूरानै समस्या दोहोरियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । ३५ बलको सामना गरेका ऐरीले १ चौका र १ छक्का प्रहार गरे । पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे । ओपनिङ जोडीकारुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट सुरुवात गरेका थिए ।

छैटौं ओभरमा  पारस खड्काको विकेट गुमेपछि नेपालको ब्याटिङ गति सुस्त भएको थियो । त्यसपछि आएका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । तेस्रो नम्बरमा आएका शरद भेषवाकरले १३ बलमा ७ रन बनाए । सोमपल कामीले १२ बलमा ११ रन बनाउँदा ७ बल खेलेका विनोद भण्डारी ३ रन बनाएर आउट भए । करण केसीले ४ बलमा ४ रन बनाउन सके ।
आठौं नम्बरमा क्रिजमा आएका सन्दीप लामिछानेले ५ बलमा ९ रन बनाए ।

अन्तिम ओभरमा मात्रै नेपालले लगातार ३ विकेट गुमायो । इकवबाल हसनले लगातार तीन विकेट लिएका थिए । उनीबाहेक नौमन सरवार र तमुर साहजादले नेपालको २–२ विकेट लिए ।
छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ८ गते मलेसियासँग दोस्रो, साउन ११ गते कुवेतसँग तेस्रो र साउन १२ गते आयोजक सिंगापुरसँग चौथो खेल खेल्नेछ।

उक्त प्रतियोगिताको शीर्ष स्थानमा आउने एउटा टोलीले टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर ९विश्वस्तरीय छनोट० खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स ९यूएई० मा आयोजना हुनेछ । १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार