होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सरकार र पार्टी राम्रो तरिकारले चल्न नसकेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट
राजनीति

सरकार र पार्टी राम्रो तरिकारले चल्न नसकेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट

  • नागरिक रैबार
सरकार र पार्टी राम्रो तरिकारले चल्न नसकेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सरकार र पार्टीको कार्यशैलीबारे नेताहरुले असन्तुष्टि जनाएका छन्। शनिबार बसेको बसेको नेकपा सचिवालयको बैठकमा सरकार र पार्टी राम्रो तरिकारले चल्न नसकेको भन्दै वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले असन्तुष्टि जनाएका हुन्।

पर्टीभित्र स्पष्ट नीति र छलफल नहुँदा सरकार र पार्टी दुबै राम्ररी चल्न नसकेको भन्दै अब सरकारको कामको समीक्षा गर्न नेताहरुले सुझाव दिएका छन्। संसदमा विधेयक दर्ता गर्नुअघि व्यापक छलफल हुनुपर्नेमा त्यसो नभएकै कारण सडक र सदनसम्म विरोध भएको उनीहरुको टिप्पणी थियो।
पार्टी एकता भएको वर्ष दिन बितिसक्दा समेत राजनीतिक दस्तावेज तयार नभएकोले कार्यकर्तामा अन्योल भएको भन्दै शीर्ष नेताहरुले छिटो दस्तावेज तयार पार्न सुझाव दिएका छन्।

नेताहरुको सुझावअनुसार बैठकले वैचारिक, राजनीतिक प्रतिवेदन छिटो सम्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीघ्र प्रकाशनमा लैजाने निर्णय गरेको हो। सचिवालय बैठकले पार्टी एकताका बाँकी कामलाई पनि छिट्टै सम्पन्न गर्ने निर्णय गरेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार