होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १२, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमको संसद बैठक दोस्रो पटक स्थगीत
Breaking News

सुदूरपश्चिमको संसद बैठक दोस्रो पटक स्थगीत

  • नागरिक रैबार
सुदूरपश्चिमको संसद बैठक दोस्रो पटक स्थगीत

सुदूरपश्चिम प्रदेशसभाको बैठक दोस्रो पटक पनि स्थगीत भएको छ। सरकारले अगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउदै रातो किताब जलाएको प्रमुख प्रतिपक्षी दल कांग्रैस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि आजका लागि बोलाईएको बैठक पनि स्थगीत गरिएको हो।

प्रदेशसभा सचिवालयले सूचना टास गर्दै सभामुखको आदेश अनुसार अर्को बैठक आउँदो असार ११ गते बिहान ८ बजे बस्ने गरी स्थगीत गरिएको जनाएको छ। यसअघि गत असार ५ गतेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउदै अवरोध सिर्जना गरेपछि सभामुखले आज सम्मका लागि बैठक स्थगीत गरेका थिए।

सोही प्रमुख प्रतिपक्षी दलले सरकारले कार्यकर्ता पोस्दै भ्रष्टाचार र लुट मच्चाउने गरी बजेट ल्याएको भन्दै प्रदेशसभाको मुल गेटमा रातो किताब जलाएका थिए। प्रतिपक्षी दलका सांसदले बजेट संशोधन हुुनुपर्ने माग गरेपनि सरकार संशोधन नगर्ने पक्षमा देखिएको छ। अर्थमन्त्री झपट बोहोराले बजेट सन्तुलित रहेकाले कुनै पनि हालतमा संशोधन गर्न नसकिने दावी गर्दै आएका छन्।

विज्ञापन

दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार