होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • विप्लवका नेता नेकपामा प्रवेश
पत्रपत्रिका

विप्लवका नेता नेकपामा प्रवेश

  • नागरिक रैबार
विप्लवका नेता नेकपामा प्रवेश

खबर संवाददाता/बाजुरा ४ असोज। ‘विप्लव’ समुहका बाजुरा जिल्लाका सह–सचीव दानबहादर सड्का (किशोर) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् ।

विश्वभरी सुरुभएको कम्युनिष्ट आन्दोलनका एक हिंसाका रुपमा नेपालमा पनि समान्ती, दलाल, पुजीवादी, अधियानयकत्वका विरुद्ध संर्घष गरी गरिव, निमुखा नेपाली जनतालाई न्याय दिलाउने उद्देश्यका साथ कम्युनिष्टका सदस्यका रुपमा विभिन्न क्रान्ति र आन्दोलनमा सहभागी भएको आमजन समुदाय माझ प्रेस विज्ञप्ति मार्फ सड्काले जानकारी गराउनु भएको छ ।

शुक्रबार (नेपाल) कम्युनिष्ट नेकपा बाजुराले जिल्लाको सदरमुकाम मार्तडीमा नेकपा पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा दानबहादुर खड्का नेकपामा प्रवेश गरेका हुन । जनताको बलिदान संघर्ष मार्फत नेपालका संविधान निमार्ण भईसकेको वर्तमान अवस्थामा क्रान्तिका राजनीतिका कार्यभार पुरा भएको भन्ने उहाँकाे विश्लेषण रहेको हाे ।

विज्ञापन

क्रान्तिलाई कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) समुहको स्पष्ट कार्यदिशा, राजनीतिक वैचारीक धरातल कारण उक्त पाटी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपामा) प्रवेश गरेका सड्काले प्रेस विज्ञाप्ति मार्फत जानकारी गराएका छन् । प्रवेश गरेका सड्कालाइ टिका लगाएर स्वागत गरेकाे थियाे ।
 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार