होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • करिनालाई एक दिनमा तीन करोड
मनोरञ्जन

करिनालाई एक दिनमा तीन करोड

  • नागरिक रैबार
करिनालाई एक दिनमा तीन करोड

मुम्बई : भारतको डान्स रियालिटी सो ‘डान्स इन्डिया डान्स’को एक एपिसोडका लागि करिनाले तीन करोड रुपैयाँ लिएकी छन् । उक्त रियालिटी सोको प्रिमियर १२ जुनमा गरिएको थियो ।
करिनाले दिनको तीन करोड लिएको हल्ला त्यही बेला बाहिर आएको हो ।

अभिनेत्रीहरूमा करिनाका लागि भारतीय टेलिभिजनले अहिलेसम्मकै सबैभन्दा बढी पारि श्रमिक भुक्तानी गरेको छ । करिनाका अनुसार पुरुष निर्णायकसरह महिला निर्णायकले पारि श्रमिक पाउनु राम्रो कुरा हो । टेलिभिजनमा अझै बढी मेहनत गर्नुपर्ने र आफू त्यसका लागि तयार भएको पनि उनले बताएकी छन् ।

बलिउड सुपर स्टारहरू प्रायः टीभी सोमा आउँदैनन् । तर करिनाले यो घेरा तोडेकी छन् । टीभी सोका साथै करिना अक्षय कुमार, दिलजित दोसाँझ र कियारा अड्वानी स्टारर फिल्म ‘गुड न्युज’मा पनि देखिँदै छिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार