होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो
बडीमालिका

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो

निजि छाडेर २ सय विद्यार्थी मालिका माविमा

  • नागरिक रैबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो

मदन विक/बाजुरा ६ असार। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. ३ का १४ वर्षिया भिजन परियार एक सामान्य परिवारमा जन्मेका विद्यार्थी हुन् । उनलाई राम्रो विद्यालयमा पढाउने भन्दै घरपरिवारले जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका बोर्डिङ्ग स्कुलमा भर्ना गरिदिए । उनले बोर्डिङ्गमा नर्सरी देखि कक्षा ७ सम्म अध्ययन गरे । उनी कक्षामा पनि राम्रै स्थान ल्याएर उत्तिण हुने विद्यार्थी हुन् ।
उनको घरको आर्थिक अवस्था कमजोर हुँदै गयो । बोडिङ्गमा कक्षा अनुसारको चर्को शुल्क बढ्दै गएपछि उनलाई बोर्डिङ्गमा अध्ययन गर्न निकै समस्या भयो ।
परिवारले आफुलाई बोर्डिङ्गमा पढाउन नसक्ने भएपछि सदरमुकाम मार्तडीकै सामुदायिक विद्यालय मालिका नमुना माविमा भर्ना गरिदिएको भिजन परिवारले बताएका छन् ।
भिजन परिवार जस्तै हिमाली गाउँपालिका वडा नं. ६ राजेश पाण्डे पनि निजि विद्यालय छोडेर यो वर्षबाट मालिका माविमा भर्ना भएका छन् । बोर्डिङ्गमा पढाई भन्दा पनि विद्यार्थीहरुलाई हेप्ने, चेप्ने डर धम्की देखाएर पढाउने गरेका कारण सरकारी विद्यालयमा भर्ना भएको पाण्डेको भनाईछ ।
भिजन र पाण्डेजस्तै सदरमुकामका विभिन्न निजि विद्यालयहरुबाट पढाई छाडेर मालिका माविमा भर्ना भएका छन् । विद्यालयले अंग्रेजी र नेपाली दुवै माध्ययबाट पढाई गर्न थालेपछि मालिका माविमा विद्यार्थीहरुको चाप बढेको छ ।
वि.स. २०२२ सालमा सदरमुकाम मार्तडीमा स्थापित भएको यस विद्यालयमा दक्ष र अनुभवि शिक्षकहरुले अंग्रेजी र नेपाली दुवै माद्यमबाट पढाउन थालेपछि निजि विद्यालय छाडेर यो विद्यालयमा पढ्न आउने विद्यार्थीहरुको चाप बढको हो ।
पछिल्लो समयमा सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तरमा सुधार आउन थालेपछि जिल्लाका अधिकाँस निजि विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई अभिभावकहरुले सामुदायीक विद्यालयमा भर्ना गराउने क्रम बढ्दै गएको छ ।
शैक्षिक शत्र २०७६ मा विभिन्न निजि विद्यालयहरुबाट यस वर्ष मात्रै मालिका माविमा अध्ययन गर्न झण्डै २ सय बढी विद्यार्थीहरु भर्ना भएको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । प्राचार्य पाध्यायले भने विद्यालयमा विद्यार्थीहरुको चाप बढ्दै गएपछि अझै विद्यालयलाई गुणस्तरीय बनाउँदै लैजाने र विद्यार्थीको संख्याको अनुपातमा शिक्षकहरु र भौतिक संरचनाहरुको व्यवस्थापन गर्ने बताएका छन् ।
मालिका नमुना माविमा इसिडि देखी कक्षा १२ सम्म १७ सय ३८ र प्राविधिक कक्षा तर्फ सिभिल ईन्जिनियरिङ्गमा १५९ जना विद्यार्थी गरि जम्मा १ हजार ८ सय ९७ जना विद्याथीहरु शैक्षिक शत्र २०७६ का लागि विद्यालयमा अध्ययनरत रहेका छन् भने विद्यालयमा ६० जना शिक्षक शिक्षिकाहरुले पढाउने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार