होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मदिरा सेवन गरेर गाडी हाँक्ने चालक पक्राउ
समाचार

मदिरा सेवन गरेर गाडी हाँक्ने चालक पक्राउ

  • नागरिक रैबार
मदिरा सेवन गरेर गाडी हाँक्ने चालक पक्राउ

नागरिक रैबार/ बाजुरा ६ असार । जिल्ला सदरमुकाम मार्तडीमा मदिरा सेवन गरेर गाडी चलाइरहेको अबस्थामा एक जना ड्राइभर पक्राउ परेका छन् । बिहिबार साझँ मार्तडीबाट सवार रहेको जीपको ड्राइभरले मदिरा सेवन गरी अगाडी गुडीरहेकाे से १ ज १ हजार ६४ नम्मरकाे गाडीलाइ ठक्कर दिएकाे बताएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएकाे छ ।

बिहबार साझँ मदिरा सेवन गरेर जीप मार्तडी बाजरबाट जाँदै गर्दा कारागार नजिकै गुडीरहेकाे गाडीलाइ ठक्कर दिएकाे तर गाडीमा सवार कसैलाइ केही पनी नभएकाे बताइएकाे छ । मदिरा सेवन गरि अर्काे गाडी अोभर  ट्याक गरी अगाडी जाने क्रममा  ठक्कर दिएकाे र मापसे गरेकै कारण ड्राईभरलाइ पक्राउ गरेकाे प्रहरीले बताएकाे छ ।

डोटी जोरायल गाउँपालिका वडा न २ का घर भएका ड्राइभर उपेन्द्र कडेलले मदिरा सेवन गरी जीप चलाईरहेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
ड्राइभर कडेल बिगत ३ महिनादेखी बाजुराका ग्रामीण भेगमा जीप चलाउदै आएको र कडेलले पटक पटक मदिरा सेवन गरी गाडी चलाउदै आएको खबर पाएको तर मदिरा सेवन गरेको नदिखीएको थियो हिजो मात्र मदिरा सेवन गरेर अर्को जीपलाई ठक्कर दिएपछी उनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

विज्ञापन

मदिरा सेवन गरी से १ ज १ हजार ६४ नम्मर रहेको सो गाडीले से १ ज ५ सय ४१ नम्मरको गाडीलाई ठक्कर दिएको र सो गाडीको ड्राईभरले प्रहरीलाई खवर गरेपछी ड्राईभर कडेल पक्राउ परेको बताएको छ ।
मापसे गरेको भनी प्रमाणीत भएकाले सार्बजनिक कसुर ऐन अनसार कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार