होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • उद्योगबाटै मासिक २५ हजार कमाउँछन् रजालिका टेक सुनार
बडीमालिका

उद्योगबाटै मासिक २५ हजार कमाउँछन् रजालिका टेक सुनार

  • नागरिक रैबार
उद्योगबाटै मासिक २५ हजार कमाउँछन् रजालिका टेक सुनार

रामबहादुर विक/बाजुरा ६ असार । बाजुराका थुर्पै युवाहरुको अहिले व्यवसायमा आकर्षण बढ्न थालेको छ । स्वदेशमा केही गरेर खानु पर्छ भन्ने मान्यताले बाजुराका युवाहरुमा पछिल्लो समय व्यवसायमा आकर्षण बढ्दै गएको पाईन्छ ।
परिवारहरुको गुजरा चलाउनकै लागि विदेशिन पर्ने बाध्यता बाजुरामा रहेको भएपनि केही युवाहरुले आफ्नै लगानिमा व्यवसाय संचालन गरेर व्यवसायीक बन्न सफल भएका छन् ।
यसका उदाहरण हुन बडीमालिका नगरपालिका ३ रजालिका टेकबहादुर सुनार । सुनारले आफ्नै लगानिमा गाउँमै ३ वर्ष देखि रोषन ताप्राकार उद्योग संचालन गरेर बसेका छन् । उनले तामाबाट काँसका थाली कचौरा, गा्रगी , दिया, गजुर , दाहिना ,दमाया घडा, ताउला लगाएत विभिन्न किसिमका सामाग्री वनाउने गरेका छन् ।
उद्योगबाट उत्पादन भएका विभिन्न तामाका सामग्रीहरु विक्रि गरेर महिनामा २५ हजार कमाउने गरेको सुनारले बताएका छन् । यो व्यवसायले आफ्नो ६ जनाको परिवार सजिलै चलाउन सकेको बताएका छन् ।
उनको उद्योगकै कमाईले बालबालिबाको पढाई खर्च, घर खर्च चलाउन निकै सजिलो भएको भएको छ । उनले भने ३ बर्ष अघि डडेल्धुरा जिल्लामा गएर तामाका सामाग्रीहरु बनाउने सिप सिकेको हुँ अहिले बजार पनि राम्रै छ घरमै ग्राहकहरु पुग्छन् ।
विदेशमा गएर दुख गरेर खानुभन्दा स्वदेशमै केही गरेर खानु राम्रो भएकोले गाउँका अन्य युवाहरुलाई समेत व्यवसायमा लाग्न उनको आग्रह छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार