होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • लोकस्टारमा कस्ले जित्दैछ ५० लाख? यो हेर्नुस् …
मनोरञ्जन

लोकस्टारमा कस्ले जित्दैछ ५० लाख? यो हेर्नुस् …

  • नागरिक रैबार
लोकस्टारमा कस्ले जित्दैछ ५० लाख? यो हेर्नुस् …

काठमाडौं /एपी वान एच डी टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो नेपाल लोकस्टारको फाइनल कात्तिक ८ गते हुने भएको छ। गत असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट प्रत्यक्ष प्रशारण हुँदै समापन हुँदैछ।

नेपालको लोक संस्कृतिको प्रचारप्रसार र विकास गर्न केही नयाँ काम गरौं भन्ने उद्देश्यका साथ चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो। नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमै अहिलेसम्मकै धेरै पुरस्कार राशि भएको सांगीतिक कार्यक्रम हो।

विज्ञापन

कात्तिक ८ गते भृकृटिमण्डपमा हुने कार्यक्रम मार्फत नेपालले पहिलो लोकस्टार प्राप्त गर्नेछ। चाहना मिडिया प्रालिका कार्यकारी निर्देशक सहदेव कोइरालाका अनुसार फाइनल कार्यक्रम एपी वान एचडी मार्फत प्रत्यक्ष प्रशारण गरिनेछ।

कार्यक्रममा पुरस्कार स्वरुप विजेताले ५० लाख, दोस्रो हुनेले २५ लाख, तेस्रो हुनेले १० लाख र सान्त्वना स्थान प्राप्त गर्नेले ५ लाख रुपैयाँ पाउनेछन्।

लोक संगीतको क्षेत्रमा बहुप्रतिभाशाली व्यक्तित्वको खोजी गर्दे जाँदा उत्कृष्ट ४ मा रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे पुगेका छन्।कार्यक्रमको निर्णायकमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँड छन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार