होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोनाकै कारण बढ्दै बालविवाह
समाचार

कोरोनाकै कारण बढ्दै बालविवाह

  • नागरिक रैबार
कोरोनाकै कारण बढ्दै बालविवाह

काठमाडौं, १९ असार । कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् ।

लैङ्गिक विभेद अन्त्य गर्न विश्वव्यापी रूपमा प्रचलित हानिकारक अभ्यासको अन्त्य गर्ने क्रममा प्रगति भइरहेको बेला यस महामारीले प्रतिकूल अवस्था सिर्जना गर्न सक्ने स्पष्ट पारिएको छ ।

यूएनएफपीएले बिहीबार जारी गरेको विश्व जनसङ्ख्या स्थिति २०२० को प्रतिवेदन अनुसार हरेक वर्ष लाखाैँ किशोरी परिवार, सँगी एवं समुदायको पूर्ण जानकारी र सहमतिमै शारीरिक र भावनात्मक हानि पु¥याउने अभ्यासको सिकार बन्न बाध्य हुने गरेको र कोरोनाले यसमा अझ नाजुक बनाएको बताइएको छ ।

विज्ञापन

यूएनएफपीएको प्रतिवेदन अनुसार विश्वभरका करिब १९ वटा हानिकारक अभ्यासमध्ये स्तनाकार मिलाउनेदेखि कुमारित्व परीक्षण सम्मका अभ्यासलाई मानव अधिकार उल्लङ्घनका रूपमा लिइन्छ । यी अभ्यासमध्ये मूलतः बालविवाह, छोराको चाहना बढी र छोरीलाई कम महत्त्व दिनुुलाई प्रतिवेदनले हानिकारक मानेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार