होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • समाचार
  • भारतले लिपुलेकसम्म पुग्ने सडक बनाउँदै, गाडीमा गस्ती
समाचार

भारतले लिपुलेकसम्म पुग्ने सडक बनाउँदै, गाडीमा गस्ती

  • नागरिक रैबार
भारतले लिपुलेकसम्म पुग्ने सडक बनाउँदै, गाडीमा गस्ती

र्चुला: भारतले नेपाली भूमि लिपुलेकसम्म पुग्न  सडक निर्माण गरिरहेको छ। भारतले सन् २०२० सम्म दार्चुला सदरमुकामको सीमावर्ती बजार धारचुलाबाट उत्तरतिर लिपुलेक पुग्ने करिब ८५ किलोमिटर सडक निर्माण कार्यलाई पूरा गर्ने लक्ष्य लिएको छ।

भारत सरकारले प्राथमिकतामा राखेको उक्त सडकको भारततिरको भूभाग मात्रै सडक बन्न नसकेको हो भने कालापानी क्षेत्रमा १० किलोमिटर (नाबिढाङसम्म) सडक निर्माण गरिसकेको छ।  नाबिढाङबाट ९ किलोमिटर उत्तरतिर लिपुपाससम्म सडक निर्माण गर्ने कार्य जारी राखेको छ। भारतीय क्षेत्र छियालेकदेखि कालापानीसम्म (करिब ३९ किलोमिटर) भारतले सडक निर्माण गरी नियमित गाडीमा गस्तीसमेत गर्ने गरेको छ।

नदी किनारामा भारतले बनाउँदै गरेको सडक भारतीय क्षेत्रमा धारचुलाबाट उत्तरतिर महाकाली नदी किनारै किनार ३८ किलोमिटर (गर्बाधारभन्दा उत्तरतिर) सम्म सडक निर्माण गरेको छ भने सो क्षेत्रबाट करिब २७ किलोमिटर (छियालेकसम्म) सडक निर्माण कार्य जारी राखेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार