होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • प्रदेश प्रमुख मल्लले तिरेनन् धितो राखी लिएको ऋण
पत्रपत्रिका

प्रदेश प्रमुख मल्लले तिरेनन् धितो राखी लिएको ऋण

आफ्नै जग्गा किन्दै किसान

  • नागरिक रैबार
प्रदेश प्रमुख मल्लले तिरेनन् धितो राखी लिएको ऋण

 काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमको अपराध श्रृंखलादेखि घरजग्गा कारोबार, सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको बेइमानीसम्मका विषय आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ ।

कान्तिपुरले ‘न्याय खोज्दाखोज्दै मारिइन् आमा’ शीर्षक दिएर अफताब आलमका अपराधबारे लेखेको छ । समाचार अनुसार रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम विस्फोटपछि इँटाभट्टामा जलाइएका छोराको न्यायका लागि रूक्सानाले भरमग्दुर प्रयास गरेकी थिइन् । आर्थिक प्रलोभन, धम्की र दबावका बाबजुद पनि उनी पछि हटेकी थिइनन् । तर, पछि उनको गोली हानी हत्या भयो ।

आलमले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न चलाएको अपराध छोप्न एकपछि अर्को अपराध गरेका थिए । केही दिनअघि पक्राउ परेका उनका अपराधका श्रृंखला सार्वजनिक भएपछि उनलाईमाथि सजाय हुनुपर्ने माग उठिरहेको छ ।

विज्ञापन

कान्तिपुरमै सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले गरेको ज्यादतिको अर्को समाचार पनि छ । समाचार अनुसार मल्लले लालपुर्जा राखी लिएको ऋण नतिरिदिएपछि कैलालीका ४० किसानले दोब्बर रकम तिरेर आफ्नो जग्गा फुकुवा गराउन थालेका छन् । साढे तीन दशकअघि आफूहरूको लालपुर्जा नेपाल बैंकमा धितो राखी मल्लले ऋण लिएर नतिरेपछि रोक्का जग्गा फुकाउन उनीहरूले सुरु गरेका हुन् ।

मल्लले आर्थिक वर्ष ०४१–४२ मा लललाइफकाइ र केहीलाई दबावमा पारी ५२ किसानको लालपुर्जा लिई धितो राखेर बैंकबाट ऋण लिएका थिए । त्यतिबेला अरूको जग्गा धितो राखेर ऋण लिन पाइन्थ्यो । यसलाई तेस्रो पक्ष धितो भनिन्छ । अहिले त्यो व्यवस्था राष्ट्र बैंकले खारेज गरिसकेको छ ।

मल्लले ऋण नतिरेपछि ०४७ देखि उनी र उनका भाइ मदनबहादुरलाई बैंकले कालोसूचीमा राखेको छ । जग्ग भोगचलन गर्न पाए पनि किसानले किनबेच, अंशबन्डा र बैंकिङ कारोबार गर्न नपाएको समाचारमा उल्लेखख छ ।

रेसुंगा नगरपालिकाको रूखको तस्वीर छापेको अन्नपूर्णले घरजग्गा कारोबारबारे पनि सोधीखोजी गरेको छ । समाचार अनुसार ऋणमा लगाम लागेपछि व्यवसाय घटेको छ ।

बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानीमा घरजग्गा व्यवसायी दबाव झेलिरहेका छन् । उनीहरू बजार उठ्ने आसमा एउटा बैंकबाट ऋण लिएर अर्कोको भुक्तानी गरिरहेको समाचारमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको गुनासो गर्न थालेको दाबी नागरिकले गरेको छ । समाचार अनुसार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटेर एकताका बेला भएको समझदारी सम्झाएका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले सांसदबाट राजीनामा नदिने राजधानीले लेखेको छ । राजधानीका अनुसार महराले आफू नेकपाको सदस्य नभएकाले पार्टीको निर्देशन नबान्ने आफूनिकटसँग बताएका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार