होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
देश/प्रदेश

नेकपामा ‘सी–पथ’

  • नागरिक रैबार
नेकपामा ‘सी–पथ’

काठमाडौँ — नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई ‘सी चिनफिङ पथ’ बारे प्रशिक्षण दिने भएको छ ।

असोज ६ र ७ गते काठमाडौंमा हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी गराउने तयारी भएको विभाग प्रमुख ईश्वर पोखरेलले बताए । सम्मेलन तयारीका लागि चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि बुधबार आइसकेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सम्मेलन उद्घाटन गर्नेछन् । सोङ शनिबार नेपाल आउँदै छन् । त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक प्रणाली, पार्टी अनुशासन, उनीहरूको वैचारिक राजनीतिक कार्यपत्र प्रस्तुत हुने नेकपा स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए । पौडेलका अनुसार सम्मेलनमा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुईवटा प्रतिवेदन पेस हुनेछन् ।

विज्ञापन

पौडेलले सम्मेलनको एउटा कुनै सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने तयारी भइरहेको जानकारी दिए । ‘राष्ट्रपतिज्यूको उपस्थितिबारे पनि हामीले छलफल गरेका छौं, उहाँ आउने नआउने टुंगो लागिसकेको छैन,’ उनले कान्तिपुरसँग भने । सम्मेलनमा पार्टीका दुई अध्यक्षसहित केन्द्रीय तहका २ सय जनासम्म नेतालाई सहभागी गराउने तयारी स्कुल विभागको छ । सम्मेलनमा प्रस्तुत हुने विषयवस्तु र सहभागिताबारे छलफल गर्न बुधबार विभाग प्रमुख पोखरेल तथा उपप्रमुखहरू बेदुराम भुसाल र पौडेलबीच छलफल भएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्र एक भएपछि बनेको स्कुल विभागको पहिलो कक्षामै चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक र सैद्धान्तिक कार्यदिशाबारे छलफल हुन लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टी धेरै अनुशासित हुने भएकाले त्यसको कार्यशैली यहाँ पनि उपयोगी हुने ठानेर सी चिनफिङ पथबारे प्रशिक्षण हुन लागेको नेताहरूले बताए ।

दुई वर्षअघि चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले नयाँ युगका लागि चिनियाँ समाजवाद भनेर सीको विचारधारालाई पारित गरेको थियो । राष्ट्रपति सीको सिद्धान्तले चीनमा मार्क्सवादको विकासक्रम, गरिबी निवारण र भ्रष्टाचार उन्मूलन, चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय पहुँच र तल्लो तहसम्म आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने कुराको व्याख्या गरेको छ । पार्टी विधानमै राजनीतिक विचारधारा र नाम उल्लेख गराउन सफल भएपछि सीलाई चीनका गणतन्त्रवादी नेताहरू माओत्सेतुङ र देङ सियाओ पिङको हाराहारीका नेताका रूपमा चित्रण गरिन्छ ।

नेकपाको यो सम्मेलनमा सी–पथबाहेक पार्टीको आधिकारिक राजनीतिक लाइन र दस्ताबेजका विषयमा पनि प्रशिक्षण हुनेछ । एकीकरण भएको करिब एक वर्षसम्म विवाद भएपछि नेकपाले बल्ल पार्टीको आधिकारिक राजनीतिक दस्ताबेज प्रकाशनमा ल्याएको छ । राजनीतिक कार्यदिशा के हुने भन्ने विषयमै शीर्ष तहबीच मतान्तर भएपछि एक वर्षसम्म राजनीतिक दस्ताबेजलाई अन्तिम रूप दिइएको थिएन । करिब दुई महिनाअघि राजनीतिक दस्ताबेजमा शीर्ष नेताहरूबीच सहमति भएर प्रकाशनमा आए पनि नेकपाको तल्लो निकायमा अहिलेसम्म छलफल भएको छैन । कान्तिपूरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १७ घन्टा अगाडि