होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • उन्नाव बलात्कार प्रकरण– भाजपा नेता सेङ्गर दोषी ठहर
अन्तर्राष्ट्रिय

उन्नाव बलात्कार प्रकरण– भाजपा नेता सेङ्गर दोषी ठहर

  • नागरिक रैबार
उन्नाव बलात्कार प्रकरण– भाजपा नेता सेङ्गर दोषी ठहर

नयाँ दिल्ली– एक किशोरीमाथि बलात्कार गरेको आरोपमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता दोषी ठहर भएका छन् ।

भाजपाबाट उत्तर प्रदेशको विधानसभामा निर्वाचित भएका कुलदीप सिंह सेङ्गर बलात्कार अभियोगमा दोषी ठहर भएका हुन् ।सन् २०१७ मा एउटा १७ वर्षीया किशोरीमाथि सेङ्गरले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।

किशोरीले गत सन् २०१८ मा नै प्रहरीमा सेङ्गरविरुद्ध उजुरी दिएपनि प्रहरीले मुद्दा चलाउन मानेको थिएन ।प्रहरीले मुद्दा चलाउन नमानेपछि पीडित किशोरीले आत्मदाह गर्न खोजेकी थिइन् ।अन्नतः दिल्लीस्थित तीस हजारी कोर्टले भाजपाका नेता सेङ्गरलाई अपहरण र बलात्कारको मुद्दा दोषी ठहर गरेको छ । अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको छ ।

विज्ञापन

भारतको सर्वोच्च अदालतको आदेशानुसार उक्त मुद्दा भारतको लखनउस्थित अदालतबाट दिल्ली अदालतमा सारिएको थियो ।‘उन्नाव बलात्कार प्रकरण’ चर्चित उक्त मुद्दामा प्रहरीले भाजपा नेतालाई जोगाउन खोजेको भन्दै भारतमा त्यसको व्यापक विरोध भएको थियो ।

भाजपा नेता सेङ्गरले पीडित किशोरीलाई जागिर दिने प्रलोभन देखाएर अपहरण गरी बलात्कार गरेका थिए ।सेङ्गरमाथि बलात्कारको आरोप लागेपछि पीडित किशोरीलाई मार्ने षड्यन्त्र भएको विषय पनि चर्चामा आयो ।पीडित किशोरी गत जुलाई महिनामा एउटा शंकास्पद सडक दुर्घटनामा परेकी थिइन् । उक्त दुर्घटनामा पीडित किशोरीका २ जना नातेदारको मृत्यु भएको थियो भने उनका वकिल पनि घाइते भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि