होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ: प्रचण्ड
राजनीति

पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ: प्रचण्ड

  • नागरिक रैबार
पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ: प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्।

लामो समयको छलफलपछि शुक्रबार बसेको सचिवालय बैठकले महत्वपूर्ण निर्णय लिएको उल्लेख गरेका प्रचण्डले कतिपय बिषय पार्टी एकता र पार्टी बलियो बनाउनका लागि गरिएको प्रष्ट पारे। नेकपाले शुक्रबार ३३ विभागलाई पूर्णता दिएको थियो।

‘कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभुति हुन थालेको छ,’ नेपाल प्रगतिशिल चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले शनिबार काटमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको छ।’

विज्ञापन

उनले कम्युनिष्ट पार्टीका लागि अहिले केही गर्ने अबसर र चुनौती रहेको बताए। विकास निर्माण र समृद्धिका लागि काम गर्न नसके इतिहासले धिकार्ने उनको भनाइ छ। यस्तो अबसर पटकपटक नआउने उल्लेख गर्दै उनले सरकारको कामलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए।

पेशालाई मानवतासँग जोडेर हेर्न उनले चिकित्सकहरूलाई आग्रह गरे। ‘पेशालाई सुरक्षित, मर्यादित र लोकप्रिय बनाउन सरकारले सहयोग गर्छ,’ उनले भने, ‘विरामीलाई मानवतासँग जोडेर हेर्नुपर्छ अनि मात्रै समाजवाद उन्मुख देश बनाउन सकिन्छ।’

स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको बताएका दाहालले समाजवाद उन्मुख गराउन चुनौती रहेको बताएका थिए। नेकपा महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्ने बताए। गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा आवश्यक पर्ने भएकोले सरकारी नीति प्रष्ट हुनुपर्ने चिकित्सकहरूको भनाइ छ। सेतोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार