होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नागरिक रैबार अनलाईनकाे औपचारिक उद्धघाट्न
समाचार

नागरिक रैबार अनलाईनकाे औपचारिक उद्धघाट्न

  • नागरिक रैबार
नागरिक रैबार अनलाईनकाे औपचारिक उद्धघाट्न

नागरिक रैबार बाजुरा १३ जेठ। बाजुराबाट संचालन हुने गरी नागरिक रैबार अनलाईन औपचारिक रुपमा उद्धघाटन गरिएको छ ।    सामाजिक रुपान्तरणमा समर्पित भन्ने उद्देश्यका साथ वि.स. २०७४ साल बैशाख १० गते स्थापना भई साप्ताहिकको रुपमा बाजुरा सदरमुकाम मार्तडीबाट प्रकाशित हुँदै आएको नागरिक रैबार साप्ताहिक पत्रिकाको अनलाईन संस्करण शुक्रबारबाट औपचारिक रुपमा एक भव्य समारोहका विच उद्धघाटन गरिएको हो ।

nagarikraibar.com को शुक्रबार बडीमालिका नगरपालिकाको सभाहलमा एक कार्यक्रमका विच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भिम रावलले उक्त अनलाइनको शुभारम्भ गरेका हुन ।
उद्धघाटन कार्यक्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका इन्चार्ज रावलले सञ्चार माध्यमले सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नु पर्ने बताएका थिए ।

नागरिक रैबार डट कमका अध्यक्ष प्रेमबहादुर विकको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भिम रावल रहेका थिए । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह र बाजुराका प्रदेश सभा सदस्य बलदेव रेग्मी रहेका थिए । कार्यक्रमको संचालन नागरिक रैबार साप्ताहिक तथा नागरिक रैबार डटकमा सम्पादक बसन्त विश्वकर्माले गरेका थिए । कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार