होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • कलक रोकाया सानुका ५ वटा मुक्तक, साेचे जस्ताे हुन्न जीवन
मनोरञ्जन

कलक रोकाया सानुका ५ वटा मुक्तक, साेचे जस्ताे हुन्न जीवन

  • नागरिक रैबार
कलक रोकाया सानुका ५ वटा मुक्तक, साेचे जस्ताे हुन्न जीवन

(१) घुम फिर गरी रम्ने शहर बने म,
ब्यथा बोकेर हाँस्ने रहर बने म।
मर्न खोज्छन रहरहरु मेरै सामु ,
नखोइ किन बिषालु जहर बने म ।

(२)असारे सिम सिमे झरी आउदा आज,
अफ्ठ्यारेमा काम गरी आउदा आज।
के गर्ने के नगर्ने अन्यओलमा हुदा,
केगर्ने समस्या नानाथरी आउदा आज ।

(३) बोलेर झुट साच्चै सम्बन्ध टिकाउन पाए,
पिएर आँसु ख्यालमै हासो बिकाउन पाए
केही बुझाउनु छ जिन्दगी टिकाउने यहाँ ,
जुनि जुनि सम्बन्ध राख्न सिकाउन पाए।

विज्ञापन

(४) गाउ घर सम्झिन्छु बचपन सम्झिन्छु,
सुरुमा धर्ती टेकेको आगन सम्झिन्छु । दुश्मनलाई जवाफ फर्काउन लाग्दा यार,
पछि चितामा जल्नुपर्ने जीवन सम्झिन्छु।

(५) अलिकति मन ठोक्किन्छ अनि लेख्छु, आँसुको भेल रोकिन्छ अनि लेख्छु।
पर्खि बसे आस मात्र दिदादिदै तर ,
भेट हुने मिति तोकिन्छ अनि लेख्छु।

 

 

 

 

कलक रोकाया सानु
गौमुल ०६ सालिकोट बाजुरा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार